देश
काठमाडौं । आज राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ । दिवसको यस वर्षका लागि नारा ‘कोभिडपछिको समस्या, प्राकृतिक चिकित्सा’ रहेको छ ।
दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले योग, प्राकृतिक चिकित्सा तथा प्राकृतिक जीवनशैलीले रोग प्रतिरोधात्मक क्षमतामा बढाउन र अन्य रोगहरुको जोखिमबाट पनि बचाउने भएकाले पोष्ट कोभिडको उपचारका लागि प्राकृतिक चिकित्साको महत्त्वपूर्ण भूमिका रहेको जनाएको छ ।
नेपालमा प्राकृतिक चिकित्सालाई सरकारले वि.सं. २०५९ सालदेखि राष्ट्रिय उपचार पद्दतिको मान्यता दिएको छ ।
प्रकाशित मिति: आइतबार, असार २०, २०७८ ०६:५६
प्रतिक्रिया दिनुहोस्