site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घनश्यामको मोबाइलबाट ओलीलाई फोन– माधव नेपालको चारबुँदे अडान
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनको खतरामुक्त हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर केन्द्रीय कमिटी बैठक बोलाए पनि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह बैठकमा उपस्थित भएन । विभाजनको सम्भावनालाई कायमै राख्यो ।

त्यसो त, ओली पक्षले आयोजक कमिटीबाट केन्द्रीय कमिटीमा फर्कंदै गर्दा यसअघि गरिएको कारबाही र स्पष्टीकरणसमेत निष्क्रिय तुल्याएको थियो । र, फर्कने वातावरण बनाउन कोसिस गरेको थियो ।

तर, पार्टी अध्यक्ष ओलीले एकताअघि अर्थात् जेठ २ अगाडिको कमिटीको नभइ चैत्र ७ पछिको बैठकको निरन्तरता दिएको भन्दै  नेपाल समूह बैठकमा उपस्थित भएन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसो त शुक्रबार बसेको केन्द्रीय कमिटीको १३ औँ बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको समयसीमा तोकेको छ ।

यसबीचमा दोस्रो तहका नेताहरूले एकता निम्ति भरमग्दुर प्रयत्न गरिरहेका छन् । शुक्रबार बिहानै सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बालुवाटार पुगेर केन्द्रीय कमिटी बैठक रोक्न आग्रह गरेका थिए । तर, ओलीले रोक्न नसकिने बताए पनि उनीहरू थकित देखिएका छैनन् । एकता प्रयासलाई निरन्तरता दिइ नै राखेका छन् ।

Royal Enfield Island Ad

दोस्रो तहका नेता सुवास नेम्वाङ, विष्णु पौडेल, सुुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्यलगायत नेताहरू शनिबार पनि समिट होटलमा बार्तामा बसेका थिए । तर, नेता नेपाल पूर्ववत् अडानबाट पछि नहटेपछि उनीहरूको केही सीप नचलेको एमाले नेताहरू बताउँछन् ।

ओली–नेपालबीच दुईपटक टेलिफोन वार्ता, उपलब्धी शून्य 

लामो समयदेखिको संवादहीनता चिर्दै बैठकको पूर्वसन्ध्या (बिहीबार बेलुका)मा प्रधानमन्त्री ओली र नेता नेपालबीच टेलिफोन वार्ता भएको थियो । त्यो वार्ताले निकास दिनुको सट्टा झन् तिक्तता बढाएको स्वयम् पार्टी अध्यक्ष ओलीले बताएका छन् । शुक्रबारको बैठकमा नेपालसँगको टेलिफोन–वार्ताबारे उनले ब्रिफिङ गरेका थिए । आफूले एक्लाएक्लै भेट–संवाद गर्न तयार रहेको बताउँदै लचिलो बने पनि नेता नेपालले कुरै गर्न मन छैन, साथीहरूले दिमाग चाटेको भएर फोनचाहिँ उठाएको भन्दै जवाफ फर्काएको ओलीको गुनासो थियो ।

स्रोतका अनुसार नेता नेपाललाई मनाउन दोस्रो तहका नेताहरूको वार्ता चलिरहँदा शनिबार बिहान घनश्याम भुसालचाहिँ कोटेश्वर, नेपाल निवास पुगेका थिए । 

नेपाललाई मनाउने घनश्यामको प्रयास सफल हुन नसकेको र नेता नेपाल आफ्नो अडानमा कायम रहेको स्रोतको भनाइ छ । 

स्रोतकाअनुसार घनश्याम भुसालले आफ्नै फोनबाट प्रधानमन्त्री ओलीसँग संवाद गराएका थिए । ओलीसँगको कुराकानीमा नेता नेपालले शनिबारको बैठकमा उपस्थित नहुने स्पष्ट सन्देश दिएको उनी निकटस्थहरू बताउँछन् ।

नेपालनिकट स्रोतले दिएको जानकारी अनुसार राजनीतिक र संगठनात्मक कोर्स करेक्सन नहुँदासम्म बैठकमा उपस्थित हुने होइन वार्तासमेतको उपादेयता नरहने स्पष्ट अडान राखेका थिए ।

“माधव नेपालले अहिले जारी बैठक सर्वोच्च अदालतको फैसला अनुरूप २०७५ जेष्ठ २ को नभइ २०७७ फाल्गुण २८ कै निर्णयको निरन्तरता देखिएकोले र आवश्यक सल्लाह एवम् परामर्शबिना आयोजना गरेकोले त्यसलाई रोक्न,  राजनीतिक र संगठनात्मक कोर्ष करेक्सन गर्न एवम् पहिले निर्माण गरेको वार्ता कमिटिलाई क्रियाशील बनाई औपचारिक वार्ता सुरु गर्न आग्रह गर्नुभएको छ,” नेता नेपालनिकट स्रोतले बाह्रखरीसँग भन्यो ।

त्यस्तै नेता नेपालले संसद् विघटनसम्बन्धी विचाराधीन मुद्दाका सन्दर्भमा अदालतबाट आउने फैसलालाई स्वीकार मात्र गर्न सकिने तर हस्ताक्षर फिर्ता लिन नसकिने कुरामा अडान राखेको पनि स्रोतको जिकिर छ । एकतालाई अदालतको मुद्दाले कुनै असर नगर्ने तर हस्ताक्षर फिर्ताको शर्त ‘अर्घेल्याइँ’ भएको नेपालको बुझाइ रहेको उनीनिकट स्रोत बताउँछन् ।

प्रधानमन्त्री ओलीले ‘संगठनात्मक कोर्स करेक्सन’मा ध्यान नै नदिने तर हस्ताक्षर फिर्ता लिन मात्र एकोहोरो आग्रह गरिरहेकाले एकताको सम्भावना टाढिएको पनि नेता नेपालनिकट नेताको भनाइ छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro