site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सप्तकोसीमा खतराको रातो बत्ती, इटहरीका अधिकांश भाग डुबानमा 
Siddhartha BankSiddhartha Bank

विराटनगर । लागतारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । शनिबार बिहान यो वर्षकै उच्च बहाव मापन गरिएपछि सप्तकोसी ब्यारेजमा खतराको रातो बत्ती बालिएको छ ।

शनिबार नदीमा पानीको बहाव दुई लाख ३१ हजार ६५५ क्युसेक प्रतिसेकेन्ड पुगेपछि ब्यारेजका ३० वटा ढोका खोलिएको छ । आवश्यकताअनुसार थप ढोका खोल्न भारतीय पक्षलाई नेपाली पक्षबाट आग्रह गरिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तटीय क्षेत्रमा सतर्क रहन आह्वान गरिएको बताए । लगातारको वर्षासँगै प्रदेश नम्बर–१ का झापा, मोरङ, सुनसरी र उदयपुरका खोलाहरु उर्लिएका छन् । कतिपय स्थान डुबानमा परेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

डुबानबाट सबैभन्दा धेरै इटहरी प्रभावित भएको छ । इटहरीको आइतबारेसहितका क्षेत्रका घर डुबानमा परेका छन् । इटहरी–विराटनगर सडक जलमग्न भएपछि खनासम्म डाइर्भसन बनाएर सवारीसाधन सञ्चालनको प्रबन्ध गरिएको छ ।

निरन्तरको वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न भएका छन् । बूढी र टेंग्राखोलाको पानी बस्तीतिर पसेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसार २०० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सुनसरीको भोक्राहानरसिंह र हरिनगरामा १४ घर डुबानमा परेका छन् ।

Global Ime bank

प्रदेश–१ को राजधानी विराटनगरस्थित सिंघियाखोलाको पानी बस्तीमा पसेपछि हाटखेला क्षेत्रको सुकुम्बासी बस्ती डुबानमा परेको छ । विराटनगर महानगरपालिका–८ का २६ परिवार विस्थापित भएका छन् ।

यसैगरी, बखरी, ब्रम्हपुरा, जतुवा डुबानमा परेका छन् । सुनवर्षीमा बख्राहा खोलाले कटान सुरु गरेको छ ।

झापाको दमकमा वर्षाको पानी सडकमाथिबाट बगेको छ । उदयपुरमा पनि त्रियुगासहितका खोलामा पानीको बहाव बढेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय