राजनीति
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाललगायत ११ जनालाई पार्टीमा गरिएको कारबाही निस्क्रिय भएको छ ।
आज बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी भंग गर्दै त्यसलाई एमाले केन्द्रीय कमिटीमा रूपान्तरणलगायत निर्णय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।
महाधिवेशन आयोजक कमिटी भंग भएसँगै त्यसले गरेको कारबाही निष्प्रभावी भएको हो । यसअघि, खनाल, नेपाललगायत ११ नेताहरुलाई पार्टीबाट निष्कासन गरिएको थियो ।
रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको छ ।
प्रकाशित मिति: बुधबार, असार १६, २०७८ १४:१७
प्रतिक्रिया दिनुहोस्