काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड–१९ नियन्त्रणका लागि भाषण र हल्लाभन्दा काम गरेर देखाउने बताएका छन् । आज मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले कोभिड–१९ विरुद्धको खोप ल्याउने प्रक्रियामा हल्लाभन्दा काम गरेर परिणाम देखाउने बताएका हुन् ।
मन्त्री श्रेष्ठले आसोज मसान्तसम्म ३३ प्रतिशत नागरिकलाई खोप दिने कामलाई पहिलो प्राथमिकता राखेर अघि बढ्ने पनि बताए । नागरिकले नो भ्याक्सिन नो भोट अभियानलाई जोड दिएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसलाई सम्बोधन गर्ने हिसाबले काम गर्ने पनि उनले बताए ।
वर्तमान चुनौतिलाई सामना गरेर कोभिड–१९ नियन्त्रणका लागि मन्त्रालयको टिमलाई अघि बढाउने र चमत्कारिक ढंगले परिवर्तन ल्याउने पनि श्रेष्ठले दाबी गरेका छन् ।