site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सूर्यदर्शन सहकारी ठगीमा १९ जनाविरुद्ध मुद्दा, रवि र छविविरुद्ध आइतबार दर्ता हुने

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर भएको छ । सहकारी ठगीमा उजुरी परेको १९ जनाविरुद्ध थप दाबी लिएर शुक्रबार मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन् । 

“सहकारी ठगीमा पूरक उजुरी परेका १९ जनाविरुद्ध मुद्दा लगेका छौँ,” शर्माले बाह्रखरीसँग भनिन्, “संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धान भई प्रहरीले प्रतिवेदन बुझाएकाहरूविरुद्ध म्यादभित्रै मुद्दा लैजाने छौँ ।” 

Dabur Nepal
NIC Asia

सहकारीको सम्पत्ति गोर्खा मिडियामा ल्याएर संगठित अपराध गरेको भन्दै पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीविरुद्ध अनुसन्धान गरेर प्रहरीले जिल्ला सरकारी वकिलमा प्रतिवेदन बुझाइसकेको छ । जोशीलाई असोज ६ गते प्रहरीले पक्राउ गरेका आधारमा तोकिएको हदम्यादको ८९ दिन भइसकेहको छ ।

अन्तिम दिन बिदाको दिन पर्दा त्यसपछि कार्यालय खुल्ने दिनलाई अन्तिम मिति मानिने हुँदा आइतबार ९० दिनको हदम्याद सकिने भएकाले सपत्ति शुद्धीकरण र संगठित अपराधमा पनि आइतबार नै मुद्दा दायर गर्नुपर्छ ।

*सच्याइएको । १९ आरोपितमध्येमा नपरेका केही व्यक्तिको नाम यसअघि उल्लेख भएकाले सच्याइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro