site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विपक्षी दलका प्रतिनिधि उपस्थित नभएपछि ललितपुर महानगरको बजेट पेश हुन सकेन
फायल तस्बिर

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर र उपमेयर अल्पमतमा पर्दा आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्ताव पेश हुन सकेन । महानगरपालिकाको नगरसभामा अधिकांश विपक्षी नगरसभा सदस्यहरू अनुपस्थित हुँदा बजेट प्रस्ताव पेश नगरिएको महानगरले जनाएको छ ।

महानगरका प्रवक्ता राजु महर्जनका अनुसार आजको नगरसभामा ९२ विपक्षी नगरसभा सदस्यहरूमध्ये ६६ जना उपस्थित नहुदा बजेट पेश गर्न नसकिएको जानकारी दिए ।

‘‘महानगरपालिकामा २९ ओटा वडा कार्यालयहरू रहेका छन् । जसमध्ये १० वटा वडा कार्यालयमा नेपाली कांग्रेसका वडा अध्यक्ष छन् । र अन्य वडा कार्यालयहरूमा विपक्षी जनप्रतिनिधीहरू रहेका छन्,” प्रवक्ता महर्जनले भने, ‘‘नेपाली कांग्रेसबाहेक अन्य नगरसभा सदस्यहरूले बहिस्कार गर्दा बजेट नै पेश गर्न सकिएन । अब शनिबार बजेट पेश गर्ने भन्ने कुरा छ । विपक्षी नगरसभा सदस्यहरू आउने अपेक्षा राखेका छौँ, सम्पर्क पनि गरिरहेका छौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro