काठमाडौं । पाँच राजनीतिक दलका विद्यार्थी संगठनले प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध प्रदर्शन गर्ने भएका छन् । नेविसंघ, अनेरास्ववियु, अनेरास्ववीयू क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँले बिहीबार दिउँसो तीन बजे प्रर्शनीमार्गमा संयुक्त रूपमा प्रदर्शन गर्न लागेक हुन् ।
देशभर प्रदर्शन गर्ने तयारी रहेको पाँच संगठनले संयुक्त विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।
जनताको ठूलो त्याग, वलिदान र समर्पणको जगमा प्राप्त संघीय लोकतन्त्रिक गणतन्त्र, विधिको शासन र संविधानको हुर्मत काढ्न प्रधानमन्त्री ओली निरन्तर उद्धत रहेको उनीहरूको ठहर छ ।
प्रधानमन्त्रीको ओलीका हरेक असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्यवाट च्युत भएर संवैधानिक राष्ट्रपतिले निरन्तर साथ दिनु झनै विडम्बनापूर्ण बनेको विज्ञप्तिमा उल्लेख छ ।