site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्ट्राइकर सावित्राको उपचार कतारमा हुने 

काठमाडौं । स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को उपचार कतारमा हुने भएको छ । राष्ट्रिय महिला लिग खेल्ने क्रममा चोट बोकेकी सावित्राको उपचार कतारमा हुने भएको हो 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सावित्राको उपचार कतारमा हुने जनाएको छ । कतार फुटबल एसोसियसनको सहयोगमा सावित्राको उपचार दोहास्थित अस्पेटार अस्पतालमा हुने छ ।

सावित्रा उपचारका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्ने छिन् ।

राष्ट्रिय लिग अन्तर्गत नेपाल पुलिसविरुद्धको खेलमा सावित्राले चोट बोकेकी थिइन् । सावित्राको दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको छ । उनको शल्यक्रिया गर्नु पर्नेछ ।

कतार फुटबल एसोसियसनकै सहयोगमा राष्ट्रिय पुरुष फुटबल टोलीका दुई सदस्य विमल घर्ति मगर र बिक्रम लामा पनि उपचार दोहामा गरिएको थियो  ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro