site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आईएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि ट्रिपल बी रेटिङ पायो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनीले जनाएको छ ।

कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक सेयर निष्कासनका लागि रेटिङ गराएको हो । रेटिङ एजेन्सीको रिपोर्ट प्राप्त भएसँगै अब कम्पनीको प्राथमिक सेयर निष्कासनको प्रक्रिया अघि बढ्ने जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीले १२० वटा शाखा कार्यालयबाट बिमितहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै कम्पनीमा १८ हजारभन्दा धेरै अभिकर्ताहरू आबद्ध रहेका छन् । कम्पनीले चार वर्ष अगाडि जीवन बिमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आइएमइ बैंक, आईएमई ग्रुप लगायत ठूला प्रतिष्ठित व्यवसायिक समूहरूको लगानी रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । प्राथमिक सेयर निष्कासनपछि संस्थापक सेयरधनीहरूको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत हुनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ७, २०७८  २२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय