site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हेलम्बुको विकास ४० वर्षपछाडि धकेलियो (भिडियोसहित) 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेलम्ची नदीमा आएको बाढीले हेलम्बु्मा ठूलो जनधनको क्षति गरेको छ । हेलम्बु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिङ्मार लामा हेलम्बुलाई ४० वर्ष पछाडि धकेलिएको बताउँछन् । 

“हेलम्बु गाउँपालिका विकासतर्फ अगाडी बढीरहेको थियो । गाउँपालिका अबको ४० वर्ष पछाडि धकेलिएको अवस्था छ । ४० वर्ष पछाडिबाट तुरुन्तै अघि ल्याउन राज्यले हेरोस्,”उनी भन्छन्,“बाढीपहिरोका कारण कसैको घर छैन् ।कसैको बास छैन् । ठाउँ कतै राम्रो छैन् । विकास भएका संरचना सबै भत्किरहेको छ । अर्बौको क्षति भएको छ । हेलम्बु १ नम्बरमा दुईवटा मोटरेवल पुल थिए । अर्वौको संरचनाहरु भत्किएका छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

बाढीले हेलम्बुमा २३ जना वेपत्ता भएका छन् । लामा बाढीले पुर्याएको क्षति सपना जस्तो लाग्ने बताउँछन् । 

“मलाई सपनाजस्तो लाग्छ । यस्तो हुन्छ भन्ने सोचेको पनि थिएन । पहिले कस्तो थियो अहिले यस्तो भइरहेको छ । विपत्तिले अत्यन्त दुःख लागेको छ ,” उनले बाह्रखरीसँग भने । 

Global Ime bank

बाढीले मच्चाएको वितण्डाका कारण ध्वस्त भएका संरचना र बस्ती पुनस्थापना गर्न सरकारसँग उनको आग्रह छ । आफूलाई त्यही विषयमा चिन्ता लागेको लामाले बताए । 

“ज–जसको क्षतिका घरहरुको पुनस्थापना गर्न सरकारसँग आग्रह गर्दछु । बिर्सन गाह्रो छ । संरचनालाई कसरी पुुराननो ठाउँमा पुरयाउने होला भन्ने चिन्ता लागेको छ । संघीय सरकार र प्रदेश सरकारलाई पुरानो ठाउँमा फर्काउन म सरकारसँग अनुरोध गर्छु ,” लामाले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement