site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१७ दिनदेखि एक महिला बेपत्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जलेश्वर । महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला १७ दिनदेखि बेपत्ता भएकी छिन् । स्थानीयवासी मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर  जेठ २० गते रातिदेखि नै घरबाट हराइरहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ ।

जिल्लाकै पिपरा गाउँपालिका–६ रतौली माइती रहेको सुजिताकी आमा सुनिता पाण्डेय र दाजु जितेन्द्रले सुजिताको हत्या गरेको आरोप लगाएका छन् । जितेन्द्रले बहिनीका देवर रुपेशले आफूलाई फोनमा बहिनीलाई मारेको स्वीकार गरेको र मारेर उनलाई भ्रमरपुरा गाउँको मनरहिया वनमा खाल्डो खनी गाडेको आरोप लगाए ।  

प्रहरी उपरीक्षक दिनेश आचार्यले महिला हराएको जानकारी शुक्रबार मात्रै पाएको बताए । उनले महिला हराएको जानकारी पाउनासाथ अनौपचारिक रुपमा खोजतलासको प्रक्रिया अगाडि बढाइएको र केही मानिसलाई ल्याएर सोधपुछ पनि गरेको जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC