site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
निषेधाज्ञा खुकुलो भएसँगै दैनिक सयौँले उपत्यका छाड्दै (तस्बिरसहित)
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यका छाड्नेको चाप बढेको छ । सरकारले असार १ गतेदेखि निषेधाज्ञा खुकुलो गरेपछि उपत्यका छाेडेर घर फर्किनेको संख्यामा वृद्धि भएको हो ।

बिहीबार काठमाडौंको नयाँ बसपार्क पुग्दा उपत्यका छोड्नेको संख्या बाक्लो देखिन्थ्यो । कोरोना महामारीका कारण काठमाडौंमा बस्न गाह्रो भएपछि काठमाडौं छोड्नुपरेको कैलालीका श्याम पातलीले बताए । उनले लामो समय काठमाडौंमा बसेर घरपरिवारको खर्चको जोहो गरेपनि अब कमाइ हुन छोडेपछि घर फर्किन लागेको बताए ।

Agni Group
NIC Asia

 

Global Ime bank

यस्तै दाङका मोहन शाही पनि रोजगारविहीन हुँदा काठमाडौंमा खर्च धान्नै गाह्रो भएपछि सहज परिस्थिति नहुन्जेलसम्मका घर फर्किएका छन् ।

 

निरन्तरको निषेधाज्ञाले आर्थित तथा मनावैज्ञानिक समस्या उत्पन्न हुन थालेपछि दैनिक रूपमा हजारौँ मान्छेले उपत्यका छोड्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार अहिले नयाँ बसपार्कबाट दैनिक १५ देखि २० बस छुट्ने गरेका छन् ।

कोरोना महामारीको दोस्रो लहरको जोखिम कम गर्न सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । पछिल्लोपटक काठमाडौं उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । 

सबै तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  २१:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय