site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङ–रोल्पा र दाङ–सल्यान सडकखण्ड पहिरोले अवरुद्ध
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

दाङ । अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा दाङसँग सिमाना जोडिएका पहाडी जिल्लाहरुको आवातजावात ठप्प भएको छ ।

दाङको घोराहीदेखि रोल्पाको होरेली जोड्ने सडकखण्डको ठाउँ–ठाउँमा पहिलो जाँदा मंगलबार साँझ ६ बजेदेखि सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको भए पनि वर्षा र पहिरो झर्ने क्रम जारी रहेकोले सम्भव नभएको उनले बताए ।

उता, पहिरोले गर्दा दाङ–सल्यान सडकखण्ड पनि मंगलबार बेलुका ५ बजेदेखि अवरुद्ध छ ।

Global Ime bank

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोविन्द थापाका अनुसार राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानको सिमाना क्षेत्र कपुरकोटनजिकै झरेको पहिरोका कारण सडकखण्ड अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास जारी रहेको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement