![गण्डकीका भौतिक पूर्वाधार मन्त्री मनाङेलाई कारबाही गर्न राखेपको माग](https://12khari.top/uploads/posts/dipak-manange1615131962.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई कारबाही गर्न माग गरेको छ । राखेपले साेमबार विज्ञप्ति जारी गर्दै प्रदेशमन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङका विषयमा अमर्यादित तथा अशोभनीय र लाञ्छनायुक्त एवम् निन्दनीय अभिव्यक्ति दिएको जनाई कारबाहीको माग गरेको हो ।
खेलकूदको विकास र विस्तारमा सक्रिय परिषद्का सदस्य सचिव सिलवाल र सदस्य गुरुङबारे मन्त्री गुरुङको अभिव्यक्तिले सम्पूर्ण खेल जगतकाे अपमान भएको राखेपका निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समाजले पचाउन नसक्ने खालका अभिव्यक्ति एउटा जनप्रतिनिधि तथा मन्त्रीबाट बाहिर आउनु खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ । रासस