site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पर्यटनमन्त्री निगममा, भैरहवा र पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको राजश्व छुट गराउन आग्रह
SkywellSkywell

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगमबारे जानकारी लिएका छन् । निगम कार्यालय पुगेको उनले निगमसँग भएका विमानहरूको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा पुर्‍याउन आग्रह गरे । “दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनःप्राप्ति गर्न सामुहिक प्रयासको आवश्यकता तर्फ ध्यान दिनुपछ,” उनले भने ।

निगमले कोरोनाको महामारीमा आफ्नो जिम्मेवारी सक्षमताकासाथ पूरा गरेको उनले बताए । उनले अझ दरिलो कार्ययोजना सहित अघि बढ्न तत्कालै योजना बनाउन र गुमेको बजार पुनः प्राप्त गर्न ठोस कार्यको आवश्यकता औल्याए । उनले निगम नाफामूलक मात्र होइन, सेवामूलक समेत हो भन्ने अवधारणासहित अगाडि बढन सल्लाह दिंदै सरकारका तर्फबाट पूर्ण सहयोग हुने बताए ।

Dabur Nepal
NIC Asia

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले नयाँ परिप्रेक्ष्यमा निगमलाई ठोस कार्ययोजना सहित अगािड बढाउनु पर्ने आवश्यकता औल्याए । उनले निगमलाई परम्परागत ढंगमा अगाडि बढाउन नसकिने यथार्थलाई अंगीकार गर्दै नयाँ मोडेलमा परिवर्तन गरी प्रगति तर्फ लैजान सम्वन्धित क्षेत्रको भूमिका उल्लेखनीय रहने बताए । संस्थालाई कसरी नयाँ मोडेलमा लैजाने भन्ने कुरामा विभिन्न विकल्प बारे अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।

निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले विगतका गतिविधि र कार्ययोजनाबारे जानकारी गराए । निगमलाई तत्काल अन्तर्राष्ट्रिय विमान कम्पनी बनाउन नसकिए पनि क्षेत्रिय कम्पनीको रुपमा सक्रिय र सक्षम बनाउन निगम परिवार सकारात्मक रूपमा लागि परेको उनले बताए । भैरहवा र पोखराको विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा वापतको राजश्वमा  ५ वर्षका लागि छुट गराउन र सरकारी कर्मचारीले अन्तर्राष्ट्रिय उडानमा निगमको विमान प्रयोग गर्नुपर्ने प्रावधान राख्न आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro