राजनीति
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीको रुपमा अबको केही बेरमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले शपथ लिँदै छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले उनलाई शपथ गराउनेछिन् ।
मुख्यमन्त्री पोखरेलको शपथसँगै केही मन्त्रीले पनि आजै शपथ लिँदै छन् । स्रोतका अनुसार नेकपा (माओवादी केन्द्र)का मधु अधिकारी गुरुङ र स्वतन्त्रबाट दीपक मनाङेले शपथ लिनेछन् ।
यस्तै, कांग्रेसबाट कुमार खड्का र विन्दुकुमार थापामध्ये एकजनाले शपथ लिने बताइएको छ । यसअघि, जनता समाजवादी पार्टी (जसपा)का हरिशरण आचार्यले पनि आजै शपथ लिने बताइएको थियो । तर, दुई प्रदेशसभा सदस्य रहेको जसपाभित्र विवाद देखिएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८ १९:२५
प्रतिक्रिया दिनुहोस्