राजनीति
काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूह छाडेका नेता तथा सिन्धुलीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद गणेश पहाडी मन्त्री बन्ने भएका छन् ।
उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बेलामा संसद्मा अनुपस्थित भएका थिए । तर, उनले शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउनेसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेनन् ।
उनलाई ओलीले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिन लागेका छन् । ओलीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दै छन् । सात मन्त्री र एक राज्यमन्त्रीको शपथ अपराह्न ४ बजेका लागि तय गरिएको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८ १२:४७
प्रतिक्रिया दिनुहोस्