देश
रुकुमपूर्व । रुकुम (पूर्व) मा निषेधाज्ञाको अवधि एक हप्ता थप भएको छ । जिल्लामा कोरोनाको जोखिम बढ्दै गएकाले लामो समयदेखि निषेधाज्ञा लागु गरिएको छ ।
पछिल्लोपटक थप गरिएको अवधि आज राति १२ बजेबाट सकिँदै थियो । कोरोना सङक्रमणमा कमी नआएकाले एक हप्ता थपिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) संयोजक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए । रासस
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८ २०:५३
प्रतिक्रिया दिनुहोस्