site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संवैधानिक इजलास पुनर्गठन, यी हुन् न्यायाधीश
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास पुनर्गठन गरिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन गरिएको हो ।

संवैधानिक इजलासमा अब प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधिसभा विघटनको मुद्दामा आज सुनुवाइ हुँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ८ गते मध्यरातमा राष्ट्रपति विद्या भण्डारीले संसद् विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका छन् । 

Global Ime bank

ती रिटमा गत १३ गतेदेखि सुरु भएको प्रारम्भिक सुनुवाइ मंगलबारदेखि स्थगित छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलासमा राखेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा विपक्षका तर्फबाट पूर्वमहान्यायाधिवक्तासहित वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि विवाद सुरु भएको थियो । 

त्यो विवादमा न्यायाधीशद्वय केसी र श्रेष्ठले इजलास नछोड्ने निर्णय लिएपछि संवैधानिक इजलासबाट वरिष्ठतम न्यायाधीश दीपककुमार श्रेष्ठ र न्यायाधीश डा. आनन्दमोहन भट्टराईले इजलास छोड्ने निर्णय लिएका थिए । सोही कारण इजलास पुनर्गठन गर्नुपरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC