site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
झापामा शव व्यवस्थापनमा स्काउटको टोली
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

झापा । नेपाली सेनासँगको सहकार्यमा जिल्लामा पहिलोपटक कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव नेपाल स्काउटको टोलीले व्यवस्थापन गरेको छ ।

स्काउट प्रदेश नम्बर–१ का सदस्य अरूण बस्नेत नेतृत्वको टोलीले भद्रपुर–६ का ८४ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएपछि सेनासँगको सहकार्यमा शनिबार शव व्यवस्थापन गरेको हो । कोरोना संक्रमितको मृत्युदर तीव्र हुँदै जाँदा सेनाले प्रशिक्षण दिएपछि पहिलोपटक स्काउट टोली शव व्यवस्थापनका लागि भद्रपुरबाट निस्किएको हो ।

Dabur Nepal
NIC Asia

जिल्लामा दमक, गौरादह, शिवसताक्षी नगरपालिका, गौरीगन्ज, कमल गाउँपालिकामा रामप्रसाद पौडेल, बिर्तामोड, कनकाई, अर्जुनधारा नगरपालिका, झापा, बुद्धशान्ति गाउँपालिकामा केशी श्रेष्ठ, मेचीनगर, भद्रपुर नगरपालिका, हल्दिबारी, बाह्रदशी, कचनकवल गाउँपालिकाका लागि भने अरुण बस्नेतलाई कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि संयोजकको रूपमा स्काउटले तोकेको छ ।

जिल्लामा शनिबार मात्र सातजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । एक वर्षको अवधिमा कोरोना संक्रमणबाट जिल्लामा २२५ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाका स्रोत व्यक्ति जीवन चौलागाईंले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro