site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनको सुकुमबासी बस्तीकाे चीत्कार : खाना नपाएर भोकै बस्नुपर्ने अवस्थामा पुग्यौँ
Sarbottam CementSarbottam Cement

चितवन । शुक्रबार बिहान पौने ९ जति बजेको हुंँदो हो । भरतपुरको एउटा चोकमा केही मानिसको भिड देखिन्थ्यो । हेर्दा लाग्थ्यो, त्यहांँ केही मेला महोत्सव या दुर्घटना भएर भएर मान्छे जम्मा भएका होलान् । तर, वास्तविकता फरक थियो । त्यो भिड कुनै मनोरञ्जन या खेलकुद प्रतियोगिता या कुनै सभा सम्मेलनको नभएर आफ्नो चुल्हो बाल्न र पेट भर्न पाउने आशमा आएका सुकुमबासी परिवारको थियो । 

उनीहरूको कोरोना कहरको बेला कसैले केही खानेकुरा दिन्छकि भन्ने प्रतिक्षामा थिए । अधिकांश नेपालीहरूको बिहानको खानाको लागि चुल्हो बल्ने समयमा उनीहरू भने चुल्हो बाल्नका चाहिने सामग्रीको प्रतीक्षमा थिए । 

नारायणगढको आसपासमा आंँपटारी भन्ने ठाउंँ छ । जहांँ झण्डै ४० वर्षअघिदेखि बुट्यान, झाडी फ्यांँकेर भूमिहीनहरू बस्दै आएका छन् । हाल उक्त स्थानमा झण्डै ३०० घरपरिवार रहेको अनुमान छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यही बस्तीको एउटा चोकमा एक युवा व्यवसायी मनोज रानाभाटले आफ्नो जन्मदिनमा राहत सामग्री वितरण गर्ने तरखरमा थिए । त्यत्तिकैमा पहिलेनै राहत वितरणको सूचीबाट  नाम आयो टीकासारी मगर्नी । दुई, तीनपटक बोलाउंँदा मात्र उनले आफूलाई बोलाइएको भनेर भेउ पाइन् । चाउरी परेको अनुहार, सेतै फुलेका कपाल, कुप्रो र दुब्लो शरीरले उनको पृष्ठभूमि, परिचय दिइरहेको आभाष हुन्थ्यो । 

“लकडाउन भएको डेढमहिनै हुन लाग्यो । राम्ररी खान सुत्न पाएकी छैन,” उनले भनिन, “अब गएर चामलको भात खाने हो ।” 

Global Ime bank

ती वृद्धा मगर्नीको मन्द मुस्कानले उनको खुसी प्रष्टिन्थ्यो । उनको नातिनातिनासहित ७ जनाको परिवार रहेछ ।  निषेधाज्ञा अघि छोरा बुहारीले दिएको खानेकुरा खाएर त कहिले मागेर ती दम्पतीले गुजारा गर्दै आएका रहेछन् । “लकडाउन भएदेखिनै न छोरा काम गएको छ  न बुहारीले पनि काम पाएकी छ,” उनले भनिन्, “अब त महिनादिन भन्दा बढीलाई पुर्‍याउनी हो यो चामल । कहिले खुल्छ र कहिले पेटभरी खान पाउने हो थाहा छैन ।”

खाद्यान्न वितरण कार्यक्रममा करिब ५० देखि ६० घर परिवारका सदस्य आफ्ना नाम कहिले आउंँछ भनेर प्रतीक्षामा थिए । जहांँ स्थानीय जागृति नमुना समाजले समन्वय गरेको थियो । “हामीले अशक्त, अपांग, असहाय बेसाहारा वृद्धद्धवृद्धालाई प्राथमिकता गरेर छनोट गरेका हौँ,” समाजका कोषाध्यक्ष ऋषिकेश अर्यालले भने । 

अर्का एकजना दृष्टिविहीन नारायण प्रसाद पुडासैनी आंँखाले नदेखेपनि कान ठाडो पारेर पालो कुरेर बसेका थिए । उमेरले ५४ वर्ष । झट्ट हेर्दा तन्दरुस्त देखिन्थे तर तन्दरुस्त मान्छेले त काम नपाएको बेला आंँखानै नदेख्ने भएपछि उनले के काम गरेर गुजारा गर्न सक्थे र ? “लकडाउनअघि उ त्यही बाटोमा छामछुम पारेर भएपनि मकै पोलेर बेच्थेँ । अहिले मकै खाने मान्छ पनि हुँदैन । मागेर खाऊँ भनेपनि बजार सबै बन्द छ ।” उनी आफ्नो कथा मात्र नभएर सयौँ विपन्नले निषेधाज्ञामा भोगिरहेको पीडा सुनाउँदै थिए ।

त्यही सुकुमबासी बस्तीमा बसेको पनि उनको थुप्रै वर्ष भइसकेछ । “बुढीले लेबर काम गर्थिन्, कहिले मलाई मकै पोल्न सघाउंँथिन् । अहिले दुवैजनाले काम नपाएको थुप्रै भइसक्यो,” उनले भने । उनका भएका दुई सन्तान पनि छुट्टिएर अलग्गै बसेका छन् । 

खाद्यान्न वितरण कार्यक्रममा त्यस्ता परिवारको जमात थियो जहांँ धेरै दिनदेखि भोको रहेका मानिसकै लागि भनेर मानौँ त्यहाँ कुनै भोज या मन्दिरको प्रसाद बांँडिदैछ । 

मगर्नी र पुडासैनीकोभन्दा बढी कारुणिक दृश्य अर्को एउटा परिवारको देखियो । मनकुमारीको परिवार । आफ्नो पांँच वर्षको नातिसहित सुत्केरी छोरीको साथमा राहत थाप्न आएकी थिइन्  । “नातिको नालीमा परेर यही बेला हात भांँचियो । पाल्नै नसकेर ज्वाइँले छोरी छोडेर गए,” उनले गला अवरुद्ध पार्दै भनिन्, “यो छोरी सुत्केरी भएको पनि २० दिन पनि भाको छैन ।”

उनको नातिको हात भांँचिएर नजिकैको मेडिकलमा गएर सामान्य काम्रो बाँध्नेबाहेक थप उपचार गर्न सकेकी रहिनछन् । “मैले केही काम गर्न सक्दिन बुढा पनि बिरामी छन । मैले सुत्केरी छोरी स्याहार गर्ने कि नातिको उपचार गर्ने कि आफू पालिने ?,” उनले भनिन् । डाक्टरले उनलाई केहीदिनमा हातको शल्यक्रिया नगरे हड्डी कुहिन सक्ने  र हात बाङ्गिने समस्या आउनसक्ने भनेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  २१:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC