site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
संक्रमण घट्यो, मृत्युदर किन घटेन ?

काठमाडौं । पछिललो दुई सातायता नेपालमा कोभिड संक्रमितको संख्या घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । तर, संक्रमितमध्येबाट मृत्यु हुनेको दर हेर्ने हो भने घटेको छैन । सरकारले कोभिड नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेकै अवधीमा  नेपालमा अहिलेसम्मकै धेरै संक्रमित थपिए भने यही मृतकको संख्या पनि झन्डै दोब्बर भएको छ ।
 
यस्तो छ जेठ महिनाको मृत्युको तथ्यांक 
वैशाख ३१ गतेसम्म नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९ थियो । वैसाख २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न समयमा मृत्यु भएकाहरुको संख्या अध्यावधिक गरेको भन्दै एकैदिन २२५ जनाको तथ्यांक सार्जजनिक गरेको थियो । जेठयता १ गते ८ हजार १६७ जना संक्रमित थपिँदा १८७ जनाको मृत्यु भएको थियो । जेठ ३ गते कोभिड संक्रमणका कारण २१४ जनाको मृत्यु भएको तथ्यांक छ भने जेठ ५ गते कोभिड अवधिकै सबैभन्दा धेरै एकैदिन २४६ जनाको मृतयु भएको तथ्यांक मन्त्रालयले सार्वजनिक गर्यो । 

त्यसयता दुई दिनसम्म दैनिक १७० भन्दा बढी संक्रमितको मृत्यु भयो । जेठ ८ गते ८ हजार ९८० जना संक्रमित थपिँदा १२९ जनाको मृत्यु भयो । जेठ ९ गते संक्रमितको संख्या घटेर ७ हजार ९१५ पुगे पनि मृत्यु हुनेको संख्या भने १९३ थियो । जेठ १२ गतेदेखि दैनिक संक्रमितको संख्या लगातार घट्दै गए पनि मृतयु हुनेको संख्या भने उल्लेखीय रुपमा घटेन । जेठ १४ गते अघिल्लो साताको तुलनामा केही कम ९६ जनाको मृत्यु भयो । तर, पछिल्लो साता दैनिक संक्रमितको संख्या घटेर ४ हजारको हाराहारीमा आइपुगेको भए पनि दैनिक मृत्यु हुनेको संख्या उल्लेख्य रुपमा घटेको छैन । जेठ १ देखि १८ गतेसम्म नेपालमा कोभिड संक्रमणबाट २ हजार ७८५ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । 

Dabur Nepal

मृत्युदर भारतको भन्दा बढी
नेपालमा दोस्रो लहरको कोभिड संक्रमण सुरु भएयता चैत अन्तिमदेखि जेठ पहिलो सातासम्मको अवधि कठिन समयको रुपमा रह्यो । यो अवधिमा नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका थिए । जेठ १७ गते ४ हजार ७६२ संक्रमित थपिए भने ११४ जनाको मृत्यु भयो । नेपालमा अहिले दैनिक कोभिड बाट मृत्यु हुनेको संख्या प्रति १० लाखमा ५ प्रतिशत रहेको छ । जुन संख्या भारतमा २.८ मात्रै छ । मृत्युको यो तथ्यांकले नेपालमा कोभिड संक्रमण दर घटे पनि विश्वस्त हुने अवस्था भने नरहेको इपिडिमियोलोजिस्ट डा. विराज कर्माचार्य बताउँछन् । 

नेपालमा पछिल्लो समय फैलिएका कोभिड–१९ को युके र इन्डियन भेरियन्ट अत्यन्तै संक्रामक तथा छिट्टै गम्भीर बनाइहाल्ने प्रकृतिका भएकाले पनि दोस्रो लहरमा धेरै संक्रमितको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलको तर्क छ । तर, विगत एक महिनाको अवधिमा बाँच्नसक्ने अवस्थाका संक्रमितले पनि अक्सिजन, आईसीयू भेन्टिलेटरलगायत सघन उपचारको अभावमा ज्यान गुमाए । 

मृत्यु भइरहेका अधिकांश पुरानै संक्रमित
पछिल्लो साता मृत्यु हुनेहरुमा अधिकांश पुरानै संक्रमित रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीको भनाइ छ । उनी भन्छन् “अस्पताल आइपुग्दा नै गम्भीर संक्रमित भइसकेका बाहेक पछिल्लो एक सातायता अस्पताल भर्ना भएका संक्रमितको मृत्यु भएको छैन । अहिले मृत्युको तथ्यांकमा परेका, लामो समयदेखि भेन्टिलेटरमा रहेका, फोक्सोले काम नै नगर्ने अवस्थाका संक्रमितहरु हुन् । जति लामो समय भेन्टिलेटरमा रह्यो उति जटिलता थपिँदै जान्छ र मृत्युको संभावना बढ्छ ।” 

केही संक्रमितलाई तीन हप्तासम्म भेन्टिलेटरमा राखेर पनि बचाउन नसकिएको अनुभव डा. राजभण्डारीको छ । २३ दिनसम्म भेन्टिलेटरमा उपचार गराएपछि संक्रमितको मृत्यु भएको अनुभव त्रिवी शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेको पनि छ । संक्रमण धेरै छिप्पिइसकेपछि अस्पताल आइपुग्ने संक्रमितलाई बचाउन गाह्रो हुने गरेको उनी बताउँछन् । “सामान्यत : २ हप्ताभन्दा बढी सघन उपचारमा राख्नु नै जोखिमयुक्त अवस्था हो । अक्सिजन स्याचुरेसन ३० भन्दा कम भएका मानिसको शरीरमा कृत्रिम अक्सिजनले पनि काम गर्न सक्दैन यस्तो अवस्थामा संक्रमितको मृत्यु हुनपुग्छ,” डा. राजभण्डारी भन्छन्, “त्यसैले संक्रमण पहिचान भएर श्वासप्रश्वाससम्बन्धी कुनै समस्या देखिने बित्तिकै अस्पताल भर्ना भइहाल्न म सबैलाई मेरो सुझाव छ ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  ०८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro