site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेले स्पष्टीकरण सोधेका १२ जनालाई आज कारबाही नगर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।

अघिल्लो स्थायी कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थप १२ नेतालाई स्पष्टीकरण सोधेको थियो । आजको बैठकमा उनीहरुलाई कारबाही गर्नेबारे निर्णय नहुने एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामी पार्टीबाट कसैलाई कारबाही गर्ने पक्षमा छैनौँ । सकेसम्म पार्टी एकता जोगाउनुपर्छ भन्ने पक्षमा छौँ । आजको बैठकमा स्पष्टीकरण सोधिएका १२ नेतालाई कारबाही गर्ने तयारी छैन,” उनले भने ।

अघिल्लो बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायत ११ जनालाई कारबाही गरेको थियो । खनाल–नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दोस्रो तहका नेताहरुबीचको सोमबार मध्यरातमा भएको छलफलपछि स्पष्टीकरण सोधेका नेताहरुलाई कारबाहीको विषय केही दिनका लागि रोक्ने तयारी भएको बताइएको छ । एमालेका दोस्रो तहका नेताले याक एन्ड यती होटेलमा छलफल गरेका थिए ।

Global Ime bank

अघिल्लो बैठकले नेताहरू सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोधेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement