site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बहिर्गमनको बेला पनि गफ र अहंकारमा रमाएको सरकारको चेत अझै फिरेकाे छैन : कांग्रेस
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केही वर्षहरूदेखि कार्यान्वयनमा रहेका सबै योजनाहरुको फेहरिस्तलाई नयाँ योजनाका रुपमा प्रस्तुत गरेर सरकारले  ‘निकै पो काम हुन लागेछ भन्ने भ्रम पार्न खोजेको’ टिप्पणी गरेको छ । सोमबार पत्रकार सम्मेलन गरेर कांग्रेसले बहिर्गमनको बेला भइसक्दा पनि गफ र अहंकारमा रमाएको सरकारको चेत अझै नफिरेकाे बताएकाे छ ।

कांग्रेसले कर्णप्रिय नाराको आवरणमा बजेटमा प्रस्तुत दीर्घकालिन आयोजनाहरूबारे सुन्दा भर्खरै निर्वाचन जितेर आएको सरकारले आफ्ना नीति, कार्यक्रम र योजना प्रस्तुत गर्‍या झैँ प्रतीत हुने बताएको छ । 

“अघिल्लो वर्ष भन्दा डेढ गुणा लामो ५०३ बुँदे वक्तव्यमा एकातिर अघिल्ला केही वर्षहरूदेखि कार्यान्वयनमा रहेका सबै योजनाहरुको फेहरिस्तलाई नयाँ योजनाका रुपमा प्रस्तुत गरेर निकै पो काम हुन लागेछ भन्ने भ्रम छर्न खोजिएको छ । अर्को तर्फ, कर्णप्रिय नाराको आवरणमा बजेटमा प्रस्तुत दीर्घकालिन आयोजनाहरुबारे सुन्दा भर्खरै निर्वाचन जितेर आएको सरकारले आफ्ना नीति, कार्यक्रम र योजना प्र्रस्तुत गर्‍या झै प्रतीत हुन्छ," कांग्रेसले भनेकाे छ, "यो सरकारले आफ्नो कार्यभार सम्हाल्दा सार्वजनिक ऋण रु ८०९ अर्ब थियो । देखाउन लायक  कुनै ठोस उपलब्धि बेगर नै त्यस्तो ऋण अहिले झण्डै दुई गुणाले बढेर १६०० अर्ब पुग्न थाल्यो । प्रत्येक नागरिकमाथि परेको ऋणभार झण्डै ५५ हजार पुग्न थाल्यो । बहिर्गमनको बेला भई सक्दा पनि गफ र अहंकारमा रमाएको सरकारको चेत अझै फिरेको छैन ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  २२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement