site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना, हिमाल आरोहण नगर्न आग्रह 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । चक्रवात यास् पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई हाल गहिरो न्यून चापीय क्षेत्रको रुपमा परिणत भएको छ । उक्त गहिरो न्यून चापीय क्षेत्रको असर आउँदा केही दिनमा  नेपालको भू–भागमा पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन मौसमविद्हरुले आग्रह गरेका छन् ।  

आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी/अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केही स्थानमा वागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

विभागले मेघगर्जन/चट्याङ/हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षा तथा उच्च बेगको हावाहुरीसमेत आउनसक्ने सम्भावना रहेकोले केही दिन पर्वतारोहण नगर्नु र नगराउनु भनेको छ । 

मौसमविद् मीनकुमार अर्याल शनिबार दिउँसोबाट क्रमशः मौसममा सुधार हुँदै जाने बताउँछन् । “पूर्व, मध्य र पश्चिम हुँदै चक्रावातको असर भोलि दिउँसोबाट हट्दै जाने छ,” उनी भन्छन्, “यसकै असर अहिले तुलनात्मक रुपमा पूर्वी नेपालमा बढी देखिएको छ । पूर्वका जिल्लामा पानी पर्ने र हावाहुरी चल्ने भइरहेको छ । 

Global Ime bank

 

पछिल्लो १८ घण्टामा ४ मिलिमिटर पानी परेको काठमाडौंमा पनि आज दिनभर वर्षा हुने मौसमविद् अर्याल बताउँछन् । 

यसैबीच, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शक्तिशाली चक्रवातका कारण पुग्नसक्ने क्षतिबाट बच्न यसअघि नै आग्रह गरिसकेको छ । बस्ती नजिक बाढी, पहिरो, डुबान जोखिम आंकलन गरी सुरक्षाकर्मी एवम् गाउँपालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्न प्राधिकरणले आग्रह गरेको छ । 

पर्वतारोहणका लागि हिमालतिर गएको टोलीलाई तुरुन्त फिर्ता बोलाउन पनि प्राधिकरणले आग्रह गरेको छ । 

नदी, खोला किनार एवम् पहिरो आसपास बसोबास गर्ने बासिन्दा सतर्क अवस्थामा रहनुपर्नेबारे सञ्चार माध्यममार्फत सचेत गराउनु पर्ने बताउँदै प्राधिकरणले आफ्नो आसपासको ठाउँमा बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिए सुरक्षा निकाय, पालिका एवम् जिल्ला विपद् व्यवस्थापन समितिलाई खबर गर्न भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  ०७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय