काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड– १९ विरुद्धको खोप आयातका लागि छिमेकी मुलुकका समकक्षीसँग आग्रह गरेकी छन् ।
भारतीय समकक्षी रामनाथ कोविन्दलाई राष्ट्रपति भण्डारीले मंगलबार पत्र पठाएर खोप खरिद प्रक्रियामा सहजीकरणका लागि आग्रह गरेकी थिइन् ।
उनले बुधबार चिनियाँ समकक्षी सी चिन फिङसँग करिब ४० मिनेट वार्ता गरेकी थिइन् ।
राष्ट्रपतिका सञ्चार सल्लाहकार टीका ढकालका अनुसार चिनियाँ समकक्षीसँग राष्ट्रपति भण्डारीले नेपालले कोभिड १९ विरुद्धको खोप खरिदमा नेपाल इच्छुक भएकाले सहजीकरणका लागि आग्रह गरेकी थिइन् ।
“अहिले नेपालले दोस्रो लहरको सामना गरिरहेको छ । नेपाली जनतालाई आवश्यक मात्रामा खोप खरिद गर्न इच्छुक छौँ,” राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै ढकालले भने, “त्यसका लागि सहजीकरण गरिदिन राष्ट्रपतिज्यूले आग्रह गर्नुभएको छ ।”