देश
काठमाडाैं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा डा. जागेश्वर गौतम नियुक्त भएका छन् । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता रहेका डा. गौतमलाई सरकारले साेमबार वीरमा नियुक्त गरेकाे हाे ।
गाैतमले मंगलबारदेखि वीरमा कार्यभार सम्हाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि डा. गाैतमले पराेपकार प्रसुति गृहकाे निर्देशकको रूपमा ७ वर्ष जिम्मेवारी सम्हालेका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८ २०:५५
प्रतिक्रिया दिनुहोस्