site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टीको भर्चुअल बैठकमा प्रचण्डले के निर्देशन दिए ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते संसद् विघटन गरेर मुलुकलाई ‘अर्ली इलेक्सन’तिर लैजाने कदमको सशक्त प्रतिवाद गर्न र आधारभूत तहसम्म जनतालाई सुसूचित गर्न निर्देशन दिएका छन् ।

आज पार्टी केन्द्रीय कमिटीको भर्चुअल बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद् विघटन प्रतिगमनकै पुनरावृत्ति भएको भन्दै आधारभूत तहसम्म विपक्षी गठबन्धनसँग मिलेर वक्तव्य निकाल्ने, स्वास्थ्य मापदण्ड परिपालना गर्दै आन्दोलित हुन निर्देशित दिएका हन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“अहिले कोभिडको दोस्रो भेरियन्ट निकै चुनौती, जोखिमपूर्ण बन्दै गएकाले धेरै केही गर्न सकिँदैन,” पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “तैपनि, प्रतिगमनको प्रतिरोध गर्नैपर्नेछ । त्यसका लागि संयुक्त वक्तव्य दिने । स्वास्थ्य मापदण्ड पालना गरेर आधारभूत तहमा के–के गर्न सकिन्छ, त्यो गर्न निर्देश गरिएको छ ।”

अध्यक्ष प्रचण्डले स्थायी कमिटीको निर्णयअनुरूप माथिदेखि तलसम्म कोभिड युनिट बनाउन पनि निर्देशन दिएका छन् । “कोभिड–१९ को रोकथाम र न्यूनीकरणका लागि स्थानीय सरकारहरूलाई सहजीकरण, समन्वय गर्न स्वयंसेवक परिचालन गर्ने, जनचेतना जगाउने, आइसोलेसन सेन्टरहरूको व्यवस्थापनमा सघाउने भनिएको छ,” उनको भनाइ थियो ।

Global Ime bank

उनले कोभिडका कारण न्यून वित्त भएको नागरिकको जीवन कष्टकर बन्दै गएकाले नागरिकलाई भोकै पर्न, मर्न नदिन पार्टीले के–कस्तो सहयोग गर्न सक्छ, त्यसबारे पनि योजना बनाउन भनिएको उनले बताए ।

प्रचण्डले क्रान्तिकारी कार्यदिशासहित आन्दोलन पुनर्गठन, क्रान्तिकारी आन्दोलन निर्माणमा भूमिका खेल्न सबै केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएको श्रेष्ठको भनाइ छ ।

प्रचण्डले अहिले पार्टी तलदेखि माथिसम्म पुनर्गठन गर्न आवश्यक देखिएकाले पार्टीमा क्रान्तिकारी धार लगाइसकेपछि अरू पार्टीहरूसँग एकताको हात बढाइने बताएको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  २१:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement