site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश सरकारलाई टेर्दैनन् चिकित्सक ! अक्सिजन अभाव भन्दै अस्पतालले भर्ना लिन छाडे
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । महोत्तरीको जलेश्वर अस्पतालमा दक्ष जनशक्ति अभावमा कोरोना संक्रमितको उपचारमा कठिनाइ भएको छ । दक्ष जनशक्तिकै अभावमा भेन्टिलेटर थन्काइएको छ ।

प्रदेश सरकारले गएको वैशाख २७ गते डा. शैलेन्द्रकुमार यादवलाई जलेश्वर अस्पतालमा पठाउने निर्णय ग¥यो । प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत एनेस्थेसिया डा. यादवलाई प्रदेश–२ को सामाजिक विकास मन्त्रालयले अर्को व्यवस्था नभएसम्म जलेश्वर अस्पतालमा काजमा खटाएको पत्र पठायो ।

तर, डा. यादव अहिलेसम्म अस्पतालमा हाजिर नभएको जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

वैशाख २८ गते मन्त्रालयले पुनः दुईजना चिकित्सकलाई सोही अस्पतालमा काजमा खटायो । मन्त्रालयले प्रादेशिक अस्पतालमै कार्यरत फिजिसियन डा. रवि प्रधान र मेडिकल अधिकृत डा. सन्तकुमार यादवलाई जलेश्वर काजमा खटाएको थियो । तर, उनीहरु अझै त्यहाँ हाजिर भएका छैनन् ।

चिकित्सक अभावमा अस्पतालका बिरामीहरु जोखिममा रहेको भन्दै विकास समितिका अध्यक्ष पाण्डेले गत वर्षदेखि नै मन्त्रालयलाई चिकित्सक पठाउन अनुनय गरिररहेको बताए ।

Global Ime bank

कोरोनाको दोस्रो लहर सुरु भए पनि चिकित्सक नआएको भन्दै उनले जेठ ५ गतेदेखि अमरण अनशन बस्ने घोषणा गरेका थिए । तर, मन्त्रालयको आश्वासनपछि अनशन नबसेको उनको भनाइ छ । मन्त्रालयले उनलाई छिट्टै चिकित्सक पठाउने आश्वासन दिएको छ । 

चिकित्सक अभावमा अस्पतालमा उपचाररत कोभिडका बिरामीहरु भने समस्यामा परेका छन् । अस्पतालमा पाँचवटा भेन्टिलेटर छन् । तर, दक्ष जनशक्ति नहुँदा प्रयोगविहीन बनेका छन् । त्यहाँका बिरामीको अवस्था बिग्रिएर भेन्टिलेटरको आवश्यकता परे अरु अस्पतालमा पठाउने गरेको अस्पतालले जनाएको छ ।

डाक्टर पठाउन माग गर्दै प्रदर्शन
जलेश्वर अस्पतालमा चिकित्सक पठाउन माग गर्दै युवाले प्रदेश सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । शनिबार अस्पतालको मूलढोकामा युवाले विभिन्न पाँचबुँदे मागसहित प्रदर्शन गरेका हुन् ।

प्रदेश सरकारले काजमा खटाएका तीन चिकित्सकहरु दुई हप्ता बित्न लाग्दा समेत अस्पतालमा हाजिर नभएपछि युवा प्रदर्शनमा उत्रिएका थिए ।

अस्पतालले भर्ना लिन छाडे
अक्सिजन अभाव रहेको भन्दै प्रदेश–२ का अधिकांश अस्पतालले संक्रमितलाई भर्ना लिन छाडेका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल, सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल, वीरगन्जस्थित नारायणी अस्पताल र विभिन्न निजी अस्पतालले अक्सिजन अभावको कारण देखाउँदै भर्ना लिन छाडेका हुन् ।

प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई उपचार गर्न नसकिने अवस्था आएको बताए । उपचाररत बिरामी पनि अक्सिजन अभावमा छटपटाइरहेको र नयाँ बिरामी भर्ना लिन समस्या भएको उनको भनाइ छ ।

“कोभिड अस्पतालमा ६५ जना बिरामी रहेको र सबै संक्रमितलाई अक्सिजनसहितको उपचार गर्नुपरिरहेको छ,” उनले भने, “अक्सिजन आपूर्तिमा समस्या देखिएको कारण उपचार नै गर्न नसक्ने अवस्था आइसकेको छ ।”

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पनि अक्सिजनको अभाव भएको छ । सुनसरीको दुहबीस्थित डिपोले अक्सिजन दिन नमान्दा समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले बताए ।

निजी अस्पतालका सञ्चालकहरूले अक्सिजन अभावमा कोभिड बिरामीको उपचार गर्न नसक्ने बताउन थालेका छन् । संक्रमितका कुरुवालाई अक्सिजन ल्याए मात्रै उपचार हुने भन्दै बिरामी फर्काउने गरेका छन् ।

निजी अस्पताल संघ धनुषाका अध्यक्ष एवं काव्या हस्पिटलका सञ्चालक डा. सुधांशु सिंहले जनकपुरधाममा मात्रै करिब १५ वटा अस्पतालले कोरोना बिरामीको उपचार गर्दै आएको बताए । तर, अक्सिजन अभावमा अब बिरामीको उपचार गर्न नसक्ने अवस्था आएको उनको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement