site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपतिको कदम संविधान फालेर संसद् विघटन गर्ने षड्यन्त्र : पौडेल
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले अर्को सरकार गठनका लागि थालेको प्रक्रियालाई ‘संविधान फाल्ने षड्यन्त्र’का रुपमा अर्थ्याएका छन् ।

पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारण सार्वजनिक गर्दै संविधानको धारा ७३ को ३ अनुसारको प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएको अवस्थामा भएको नयाँ सरकारको आह्वानलाई संविधान र संसद्विरुद्धको षड्यन्त्रका रुपमा अर्थ्याएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत मागेर नपाएको वा प्रधानमन्त्रीले राजीनामा दिएको अवस्थामा मात्र संविधानको धारा ७६ को (५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्ने हाम्रो संवैधानिक व्यवस्था हो,” पौडेलले भनेका छन्, “तर, यी दुवै अवस्था नभईकन राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमेजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक हो । यसैगरी, नयाँ सरकार गठनका लागि राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिनु भनेको संसद् विघटन गरेर संविधान फाल्ने षडयन्त्र हो ।”

पौडेलले राष्ट्रपति भण्डारीले सामान्य प्रचलनको समेत धज्जी उडाएको बताएका छन् । “सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन थियो, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिईकन संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गर्नु भनेको संसद् विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो,” पौडेलले भनेका छन् । उनले राष्ट्रपतिबाट एकाएक यस्तो कदम चालिनुले संसद् र संविधानमाथि खतरा बढेको बताएका छन् ।  

Royal Enfield Island Ad

“तर, एकाएक २४ घण्टाको पनि समय नदिई सरकार गठनको आह्वान गर्नु भनेको संसद्लाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्रभन्दा अरु केही हुन सक्दैन,” पौडेलले भनेका छन्, “यो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न हार्दिक अपिल गर्दछु ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  २२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro