site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लमजुङ भूकम्प : थप दुईसहित ६ घाइते, २०० घरमा क्षति
तस्बिर : जनक श्रेष्ठ/रासस ।
Siddhartha BankSiddhartha Bank

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रेक्टरको भूकम्पले घर भत्किँदा जिल्लाका थप दुईसहित ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बेँसीसहर नगरपालिका–६ का ३६ वर्षीया उमा गुरुङ, वडा नम्बर–११, चितीका ८३ वर्षीया खकाकुमारी पाण्डे र वडा नम्बर–८ का २९ वर्षीया खुसीमाया गुरुङ र मर्स्याङ्दी गाउँपालिका–६, ठूलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी र दोर्दी गाउँपालिका–७ का ८३ वर्षीया मंगलीकुमारी तामाङ र बेँसीसहर नगरपालिका–८ का ६० वर्षीया सुमित्रादेवी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार उनीहरुमध्ये सुमित्रादेवी, खुसीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका हुन् । घाइतेहरुलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनीहरुको टाउको, हात, खुट्टालगायत शरीरमा चोट लागेको र उपचारपश्चात् गोविन्दबाहेक सबैजना घर फिर्ता भएका छन् । टाउकोमा चोट भएकाले गोविन्दलाई भने थप उपचारका लागि चितवन पठाइएको प्रहरी निरीक्षक जगदीश मिश्रले बताए ।

त्यस्तै, जिल्लामा अनुमानित २०० घरमा भूकम्पले पूर्ण क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए । उनले भने, “जिल्लाको सबैभन्दा बढी बेँसीसहर नगरपालिकाका घरहरुमा क्षति पुगेको छ । सो नगरपालिकामा मात्र १०० घरमा क्षति पुगेको देखिएको छ ।” मर्स्याङ्दी गाउँपालिकामा ६० र दोर्दी गाउँपालिकामा ४० घर मान्छे बस्न नमिल्ने गरी घर भत्किएको उनले बताए ।

Global Ime bank

यसबाहेक केही घर क्व्होलासोथर गाउँपालिका र मध्यनेपाल नगरपालिकामा समेत क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पले घर क्षति बनाएकाहरुमध्ये ३५ जनालाई आज प्रशासनले नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखामार्फत पाल वितरण गरेको छ भने अन्यलाई प्रशासनले भोलि पाल तथा त्रिपाल वितरण गर्ने योजना रहेको जनाएको छ । प्रजिअ लुइँटेलले बस्नै नहुने घरहरुका धनीलाई वडाध्यक्ष र प्रहरीको मुजुल्काको आधारमा जिल्ला विपद् व्यवस्थापन कोषबाट प्रति घर १५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गरिने जानकारी दिए ।

जिल्लामा बिहान सो रेक्टरको भूकम्प गएपश्चात् पटक–पटक साना–ठूला गरी ५७ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चार रेक्टरभन्दा माथिका चारवटा र अरु सोभन्दा कमका रहेका छन् ।

भूकम्प पटक–पटक जाँदा यहाँका वासिन्दा त्रासित बनेका छन् । उनीहरु कोरोना संक्रमणको बेला समेत कोरोनाभन्दा भूकम्पको डरले बाहिर निस्किएका छन् । बाहिर निस्कदा भिडभाड समेत बढ्नुका साथै कोरोनाको जोखिमसमेत बढेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  २२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement