site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उपप्रधानमन्त्री पोखरेलद्वारा ५१ शय्याको निःशुल्क आइसोलेसन केन्द्र उद्घाटन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेसन केन्द्रको शुभारम्भ गरेका छन् । मारवाडी सेवा समितिले सुरु गरेको उक्त आइसोलेसन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गरेका हुन् ।

मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन सेवासहितको ५१ शय्याको सो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले जानकारी गराए ।

Prabhu Bank
Agni Group
NIC Asia

उपप्रधानमन्त्री पोखरेलले चुनौतीपूर्ण अवस्थामा पनि आइसोलेसन केन्द्र सञ्चालन गरेको भन्दै मारवाडी सेवा समितिको प्रशंसा गरे । ३०० शय्यासम्म सञ्चालन गर्न सकिने उक्त आइसोलेसन केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सीसीएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने उपमप्रधानमन्त्री पोखरेलले बताए ।

सरकारले जनताको उपचार र जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै उनले अक्सिजन प्लान्टलगायत स्वास्थ्य सामग्री खरिद गर्न मन्त्रिपरिषद्बाट निर्णय गरी पहल थालिएको जानकारी दिए ।

Global Ime bank

उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्धको खोप खरिदका लागि पनि औपचारिक प्रक्रिया थालिएको बताए । सातवटै प्रदेशमा सातवटा र काठमाडौंमा एउटा गरी एक हजार क्षमताका आठवटा होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुट्ट्यासकेकाले छिट्टै नेपाली सेनाले निर्माण सुरु गर्ने उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement