site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आज बेलुकीसम्म २५ सय सिलिन्डर अक्सिजन काठमाडौं आइपुग्दै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सोमबार बेलुकी ७ बजेसम्म २५ सय अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्ने भएको छ । अक्सिजन अभावका कारण धेरैले ज्यान गुमाउन थालेपछि चीनबाट अक्सिजन ल्याउन लागिएको हो । 

मंगलबार र बुधबारमा अर्को १० हजार सिलिन्डर अक्सिजन काठमाडौं ल्याउने बताइएको छ । यसको संयोजन ललितपुरको कुपण्डोलस्थित रहेको बिध म्यानेजमेन्ट प्रालिले गर्ने भएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसअघि पनि सरकारसँग समन्वय गर्दै कोरोना महामारीको पहिलो चरणदेखि नै अघि रहेको बिध म्यानेजमेन्टले पीसीआर ल्याब पनि संचालन गरेको छ । सरकारबाट ‘ए’ ग्रेडको मान्यताप्राप्त यस ल्याबमा दैनिक पीसीआर परीक्षण हुँदै आएको छ ।

अक्सिजन अभावका कारण देखिएको समस्या समाधानका लागि आगामी ८/९ दिनमै दिनमै करिब १० सेट अक्सिजन प्लान्ट आउँदै गरेको र त्यसका लागि आफूहरुले संयोजन गरिरहेको बि ल्याबले जनाएको छ । 

Royal Enfield Island Ad

सरकारको सहयोगमा लिक्विड अक्सिजनसमेत ल्याउन आफूहरुले संयोजन गरेको ल्याबका अध्यक्ष भीमकान्त भण्डारीले जानकारी दिए । सरकारको पूर्ण सहयोगमा मात्र यो संभव भएको उनले बताए ।

अहिले मुलुकमा अक्सिजन अभावमा कोभिड–१९ संक्रमितहरूको उपचारमा समस्या भएको छ भने नियमित उपचारमा अक्सिजन चाहिनेलाई समेत समस्या भएको छ । जसका कारण धेरैले ज्यान गुमाइरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro