site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको शपथ बदर गर्नुपर्नेसहित जसपाका तीन माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष तीनवटा माग राखेको छ । अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गर्दै शपथग्रहणमा भएको गल्ती सच्च्याउन, कोरोना नियन्त्रण प्रभावकारी बनाउन, राजदूत नियुक्ति संविधान बमोजिम समावेशी समानुपातिक सिद्धान्त अनुसार बनाउन माग गरेका हुन् ।

यस्ता छन् जसपाको माग :
प्रधानमन्त्रीले वैशाख ३१ गते शपथ ग्रहणका क्रममा 'सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दुछ' भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दुछ नभनी सत्यनिष्ठापूर्वक त्यो पर्दैन भनेका थिए । त्यही विषयमा जसपाले शपथ ग्रहण बदर गरी पुनः गराउन माग गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

१) २०७० वैशाख ३१ गते सम्माननीय प्रधानमन्त्रीको सपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्याशमा प्रतिज्ञा गर्दछ नभनी ’सत्यनिष्ठापूर्वक त्यो पर्दैन’ भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मयांदा र गरिमामा गभीर आंच पुगेको हुँदा उक्त शपथग्रहण वदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ ।

२) नेपालको संविधानको धारा २८२ र २८३ मा समावेशी सिद्धान्तबमोजिम राजदुतहरू नियुक्ति गर्नुपर्ने व्यवस्था भएकोमा पटक–पटक राजदुतहरू नियुक्ति गदा समावेशी आधारमा नगरेको र त्यस्को मापदण्ड समेत उल्लङ्घन भए गरेको छ। यस्ता राजनीतिक नियुक्तिहरूमा वर्तमान सरकारले मधेशी, आदिवासी जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरूको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेका छन् । अतः राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता तथा त्यस सम्बन्धी मापदण्डका आधारमा नियुक्ति गर्न हाम्रो पार्टी माग गर्दछ ।

Global Ime bank

३) देशमा हाल देखा परेको कोभिडको दोश्रो लहरले नेपाली जनताहरू आक्रान्त छन् । यस्तो अवस्थामा पनि सरकारले जिम्मेवारीपूर्वक आपतकालिन व्यवस्थापन गर्न पर्याप्त ध्यान नदिएको मात्र होइन अस्पतालहरूमा कोभिडका विरामीहरुका लागि बेड, अक्सिजन, भेन्टिलेटर र औषधीको समेत अभावले जनता अकाल मृत्युवरण भइरहेको छ । स्वास्थ्यकर्मी, डास्टर अर्थात आवश्यक जनशक्ति बेड, अक्सिजन, भेन्टिलेटर र औषधीको यथाशिघ व्यवस्था गर्नुपर्दछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement