site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘चपली घुम्ती’ले पार लगाउला एमाले विवाद ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेताहरु पार्टीको विवाद सुल्झाउन लागिपरेका छन् । पछिल्ला केही दिनमा दोस्रो तहका नेताहरुले दौडधुप बढाएका थिए । यतिबेला भने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता जारी छ । बूढानीलकण्ठ नगरपालिकास्थित चपली र गोल्फुटार जोड्ने घुम्तीमा एक व्यापारीको घरमा दुई नेताबीच छलफल भइरहेको छ । 

नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार नेतालाई गरेको निलम्बन फुकुवासँगै विवाद सहमतिको दिशातिर गएको नेताहरुको प्रतिक्रिया छ । खनाल–नेपाल पक्षधर नेताहरुले कारबाही फुकुवा सकारात्मक भएको टिप्पणी गरेका छन् । त्यसअघि नै ओली र नेपालबीच फोन संवाद भएको थियो ।
 
खनाल–नेपाल पक्षका सांसदहरुले राजीनामा गर्ने बताइरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
 
एमालेको खनाल–नेपाल समूहले २०७५ जेठ २ गतेको पार्टीको संरचनामा फर्कनुपर्ने अडान राख्दै आइरहेको छ । ओली पक्षीय नेताहरुको बैठकले गरेको फागुन २८ गते र त्यसपछिका निर्णय फिर्ता हुनपर्ने उसको माग छ । तर, ओलीले त्यसबाट फिर्ता नहुने अडान राखेपछि वैशाख ८ र ९ गते होटेल मेरियटमा भएको वार्ता विफल भएको थियो । उक्त वार्तापछि उनीहबीच भेट हुन सकेको थिएन् । फोन सम्पर्क भने भएको थियो । तर, आजको वार्तामा ओली लचिलो भएर ती दुई माग सम्बोधन गरे पार्टी एक हुने नेता युवराज ज्ञवालीले जानकारी दिए ।
 
ओली सहमतीमा नआए सांसदहरुले राजीनामा दिने उनले बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा बताएका छन् । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय आज सकिँदैछ । ओली सहमतिमा नआए खनाल–नेपाल समूहले विपक्षी गठबन्धनलाई सघाउने नेताहरु बताउँछन् ।

ओली पक्षले भने पार्टीलाई एक बनाउन वार्ता भएको प्रतिक्रिया दिएको छ । अन्तिम कसरत भइरहेको एक नेताले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC