site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तीन हप्ता कडा लकडाउन गरे संक्रमण नियन्त्रणमा आउँछ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले कोभिड संक्रमणको चेन ब्रेकका लागि अहिले ७२ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समयमा पनि संक्रमितको संख्या दैनिक ८ देखि ९ हजारको हाराहारीमा थपिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । 

संक्रमणको दरसँगै मृत्युदर पनि उच्च हुँदै गएको छ । मंगलाबार मात्रै २२५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको तथ्यांक छ । यो तथ्यांक पछिल्लो एक साताको छुटपुट संख्यासमेत समायोजन गरेर सार्वजनिक गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संक्रमण नियन्त्रणका लागि कडा लकडाउन गर्नुपर्छ 
सरकारले अहिलेको निषेधाज्ञालाई कोभिड संक्रमणको चेन ब्रेक गर्ने उपायको रुपमा अपनाएको छ । तर, अहिले लागु गरिएको निषेधाज्ञाले मात्रै संक्रमण नियन्त्रण गर्न कठिन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् । “अहिलेको निषेधाज्ञा खुकुलो छ, सेवा प्रवाह गर्ने ठाउँहरु नै संक्रमणको हट स्पट बनिरहेका छन् । अहिले सेवा दिइरहेका ठाउँमा मानिसहरुको भीड कम भएको देखिँदैन, यसले समुदायमा संक्रमण सारिरहेको हामीले देखेका छौं । हामीले कोरोनाको चेन ब्रेक गर्न यो प्रकृतिको निषेधाज्ञा मात्रै पर्याप्त छैन । कडा प्रकृतिको लकडाउन कमसेकम तीन हप्ता गरेर उपत्यकासँगै मोफसलमा पनि कडाइकासाथ लागु गर्न सक्ने हो भने मात्रै कोभिडको चेन ब्रेक गर्न सकिन्छ ।” डा. गौतम थप्छन् “त्यति गरेर पनि मास्क लगाउने र सामाजिक दूरी कायम गर्नै कुरामा निगरानी गर्नैपर्छ  अन्यथा स्थिति नियन्त्रण गर्न सकिँदैन ।”

पचास प्रतिशत संक्रमण घटे स्वास्थ्य प्रणालीले धान्छ 
कोभिड संक्रमणको चेन ब्रेक भएर आधा संक्रमण घटेको खण्डमा संक्रमितको उपचारमा सहज हुने डा. गौतम बताउँछन् । “तीन हप्ताको कडा लकडाउनपछि संक्रमण ५० प्रतिशत नियन्त्रण भयो भने अस्पतालका बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटरलगायत स्रोत साधन र संरचनाले धान्न सक्छ । त्यसो हुन सकेमा संक्रमितको सहज उपचार गरेर मृत्युदर पनि घटाउन सकिन्छ,।” डा. गौतमले बाह्रखरीसँग भने । 
 
निषेधाज्ञा जारी गर्न ३ हप्ता ढिलो भयो 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञाका लागि पटकपटक सिफारिस गरेको डा. गौतमको दाबी छ । “हामीले भनेको समयमा लकडाउन गरेको भए स्थिति यति भयावह बन्दैनथियो, निषेधाज्ञा नै जारी गर्न पनि तीन हप्ता ढिलो भयो,” उनले भने, “हामीले अहिले पनि कडा लकडाउनमा जान कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई सिफारिस गरेका छौं । संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक्लो प्रयासले मात्रै हुँदैन सरकारका सबै निकायहरुबीचको समन्वयले मात्रै सम्भव छ । तसर्थ अझै पनि सबै तवरबाट प्रयास भएन भने खोप, उपचार प्रक्रिया कुनै उपायले पनि संक्रमण नियन्त्रण गर्न सम्भव छैन ।” डा. गौतम भन्छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC