site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
आमाको माया र ममता अपार

आज वैशाख कृष्ण पक्षको औंसी- आमाको मुख हेर्ने दिन । मातृऔंसी, मातृ दिवस बोलीचालीमा मातातीर्थ औंसी । शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ। यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई छोराछोरीले आमाबाट शुभ आशीर्वाद माग्ने चलन छ ।

आज आमाको सम्मान र सम्झना गर्ने दिन हो । संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन आमा । हामीमध्ये धेरैले सर्वप्रथम बोल्न जानेको शब्द आमा । अनि पलपलमा संझना आउने, सुख, दुःखमा झझल्को आउने एउटा अनुहार आमा । सर्जक आमा । हरेक मानिसको जीवन आमाको कठिन साधनापछि मात्रै सम्भव हुन्छ । नौ महिनासम्म आफ्नो कोखमा राखेर जटिल प्रसव पीडा सहेर पनि सन्तानलाई यस धर्तीमा जन्म दिने देवी हुन् आमा। त्यतिमात्र नभएर जन्म दिइसकेपछि पनि आफ्ना दस धारा दूध चुसाएर आफ्नो दुःख, पीडालाई बिर्सेर सन्तानकै पालन पोषणमा सदा समर्पित हुन्छिन् आमा । आमा ममताकी खानी हुन् र आफ्ना सन्तानप्रतिको उनको माया निःस्वार्थ हुन्छ । हरेक व्यक्तिमा स्वार्थ लुकेको देखिने संसारमा आमाको व्यवहारमात्र निःस्वार्थ हुन्छ । सन्तानका लागि आमा नै भरोसाकी पात्र हुन्। व्यक्तिको वास्तविक पहिचान आमाले मात्र गर्न सक्छिन् ।

Agni Group

'आमा' भन्ने शब्द ज्यादै उच्च एवं गरिमामय तथा आदरणीय छ । आमा हुनुपूर्व उनी छोरी हुन्छिन् । छोरीको रूपमा एउटा परिवारमा हुर्कँदै व्यवहार सिक्छिन् । “घर नै पहिलो पाठ्यशाला हो” भन्ने भनाइ साकार पार्दै अनुशासन एवं कर्तव्य पालना सिकेकी हुन्छिन् ।

आमाको महिमा अपार छ । सन्तानको लागि गरेको आमाको त्यागको कुनै सीमा नै हुँदैन आमाको त्यो गुणके भारा कहिल्यै चुकाउन सकिँदैन। सन्तानले आमाको महत्त्व बुझेर केही गर्न चाहने हो भने सबै आमासँग असल व्यवहार गर्नु । आमाको गुण तिर्न उनको दुःख, पीडा अनि साधना दोहोर्याउन त सम्भव हुँदैन तर उनीसँग असल व्यवहार गरी सन्तुष्ट पार्न सकिन्छ । यही नै सबै सन्तानको कर्तव्य हो । सबै आमाको चाहना हुन्छ - सन्तानले उनलाई सधैँ माया गरिरहून्, सम्भव भएसम्म उनीसँगै रहून् र हरेक सुखदुःखमा आमालाई नबिर्सून् !

Global Ime bank

आमाको मन उदार हुन्छ । सन्तानका सबै गल्तीलाई आमाले क्षमा दिन्छन् । सन्तानले जस्तोसुकै गल्ती गरे पनि र जस्तोसुकै कमजोरी भए पनि आमाले त्याग्दिनन् । यही कारण आमालाई जननी भनिन्छ । मानव जातिका लागि धर्तीले जति बोझ थामेकी हुन्छिन् सन्तान र परिवारका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् ।

आमा दिवसले हरेक सन्तानलाई आफ्ना मातापिताप्रतिको दायित्व र उनीहरुको भावना बुझेर अगाडि बढ्न प्रेरणा देओस् । आमाहरूका लागि आजमात्र होइन हरेक दिन उत्सव बनोस् । कोही आमा पनि सन्तानको छहारीभन्दा टाढा हुनु नपरोस् ।

(लेखक खनिया सामाजिक अभियान्ता तथा टेलिभिजन कार्यक्रम निर्माता हुन् ।) 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC