site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीले गुमाए संसदमा विश्वासको मत : पक्षमा ९३  र विपक्षमा १२४  
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत गुमाएका छन् । आज प्रतिनिधि सभामा भएको मतदानमा ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको छ । बैठकमा २३२ जना सांसद उपस्थित थिए । 

सभामुख अग्निप्रसाद सापकोटाले ओलीको पक्ष र विपक्षमा सो मत परेको जानकारी गराएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

ओली स्वयमले आज विश्वासको मत लिनका लागि बैठक आह्वान गरेका थिए ।  संसद्मा विश्वास गुमाएसँगै ओली सरकार कामचलाउ भएको छ ।

बैठकमा सत्तारुढ नेकपा एमालेको खनाल-नेपाल समूहका २८ सांसद अनुपस्थित भए । उनीहरुले आज बिहान बैठक गरेर संसदमा अनुपस्थित हुने निर्णय गरेका थिए ।

Global Ime bank

प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले ओलीको विपक्षमा मतदान गरेका थिए । जसपाका अध्यक्ष महन्थ ठाकुरसहितका सांसद भने तटस्थ बसेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement