काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छँदाछँदै अर्को प्रधानमन्त्री बन्छ भनेर विश्वास गर्न नसक्ने बताएका छन् । संसदमा विश्वासको मत माग्नका लागि प्रस्ताव राख्ने क्रममा बहकिँदै प्रधानमन्त्री ओली भोलि सरकार जस्तो बन्ला जसको बन्ला भन्न पुगेका थिए ।
“भोली सरकार कस्तो बन्ला, कस्तो बन्ला त्यो तपशीलको विषय हो,” त्यसो भन्दै गर्दा अड्किएका ओलीले भने, “फेरी मैले अर्को प्रधानमन्त्री बन्छ भन्ने परिकल्पना गरेको होइन, म छँदाछँदै अर्को प्रधानमन्त्री हुन्छ भनेर म कसरी विश्वास गरौं ?” उनले संसद विघटन हुँदा आन्दोलनमा गएकाहरुले पनि संसद पुनस्थापनापछि अविश्वासको मत नराखेको बताए ।
“मैले विश्वासको मत लिन लागेपछि केहीदिन अघि विश्वासको मत फिर्ता लिनु भएको छ, आज फेरि दिए भाइगयो,” प्रधानमन्त्रीले ठट्यौली पारामा भने ।