site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीमा जनमोर्चाद्वारा सरकारको समर्थन फिर्ता
पृथ्वीसुब्बा गुरुङ । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकीमा उक्त पार्टीका तीन सांसद छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिइसकेका छन् । उनीमाथि दर्ता भएको अविश्वास प्रस्तावमाथि आज मतदान गर्ने कार्यसूची थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

गण्डकीमा सरकार बनाउन जनमोर्चा निर्णायक मानिएको छ । यही वैशाख १ गते जनमोर्चाको केन्द्रीय बैठकले गण्डकी र लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेता पनि यहाँ गुरुङ सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन ।

आइतबारै जनमोर्चाले प्रदेशसभा सचिवालयमा समर्थन फिर्ता गरिएको पत्र दर्ता गराएको सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

Global Ime bank

जनमोर्चाको केन्द्रले विपक्षी दललाई सरकार बनाउन सहयोग गर्ने निर्णय लिएको छ । तर, यहाँका सांसद भने मानेका छैनन् । केन्द्रीय महासचिव मनोज भट्ट, प्रदेश अध्यक्ष शंकर बरालसमेत विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को संयुक्त सरकारलाई सघाउने पक्षमा छन् ।

यही वैशाख १२ गते बसेको जनमोर्चाको संसदीय दलको निर्णयानुसार विश्वासको मत फिर्ता लिइएको सचेतक पियारी थापाले बुझाएको पत्रमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC