site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी इन्धन पाइपलाइनमा साइबर हमला, आपत्काल घोषणा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वासिङ्टन । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको छ ।

जर्जियामा मुख्यालय रहेको कोलोनियल पाइपलाइनमा स्थानीय समयानुसार शुक्रबार र्‍यान्समवेय साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको बीबीसीले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति हुन्छ, जुन  इष्ट कोस्ट राज्यमा खपत हुने इन्धनको ४५ प्रतिशत हो । शुक्रबार साइबर हमलापछि आपूर्ति ठप्प भएको र सञ्चालन गर्ने प्रयास जारी रहेको अधिकारीहरुले बताएका छन् ।

सोमबार अमेरिकामा इन्धनको मूल्य २–३ प्रतिशतले बढ्ने विज्ञहरुको अनुमान छ । तर, समयमा पाइपलाइन सञ्चालन गर्न नसकिए इन्धनको मूल्यवृद्धि अझै बढ्न सक्छ । आपत्काल घोषणा गरेपछि अब इन्धन सडकमार्गबाट ढुवानी गर्न सकिने जनाइएको छ ।

Royal Enfield Island Ad

सूत्रहरुका अनुसार उक्त साइबर हमला ‘डार्कसाइड’ नामक आपराधिक समूहले गरेको हो । कोलोनियलको नेटवर्कमा छिरेर १०० जीबी डेटामा पकड जमाएर फिरौती माग गरिएको छ । ह्याकरहरुले २० लाख अमेरिकी डलर फिरौती मागेका छन् । तोकेको समयमा रकम नदिए फिरौती रकम ४० लाख डलर पुग्ने उनीहरुले धम्की दिएका छन् ।

यो हमलाको एउटा कारण कोरोना महामारीलाई पनि मानिएको छ । महामारीपछि इन्जिनियरहरुले घरबाटै पाइपलाइनको नेटवर्कमा पहुँच पाएपछि ह्याकरहरुलाई पनि सहज भएको डिजिटल स्याडोजले जनाएको छ ।

डार्कसाइड त्यति ठूलो आपराधिक समूह नभए पनि यो घटनाले र्‍यान्समवेयका कारण महत्वपूर्ण औद्योगिक संरचनाहरु खतरामा परेको देखाएको छ । यो समूहले डाटा चोरी गरी फिरौती माग्ने र फिरौती नदिए डाटा सार्वजनिक गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro