site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नागरिक एपमा ६ महिनाभित्र ८० ओटा सेवा थपिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीटी डे २०२१ को दिन फुल भर्सनका रुपमा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने भएका छन् । प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलिकाअनुसार ६ महिनाभित्र अधिकांश सरकारी भुक्तानी यही एपबाट गर्न लागिएको छ ।

शनिबार भएको दोस्रो चरणको डिजिटल संवाद कार्यक्रममा बोल्दै अलीले विभिन्न तीन चरणमा नागरिक एपमा सेवा सुविधाहरु थप गर्दै जाने बनाए । केही समयमा नै वनग्मती प्रदेश अन्तर्गत यातायातको कर तिर्ने व्यवस्था सुरु गर्न लागेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै खानेपानीदेखि चौमासिक, अर्थ वार्षिक, वार्षिक कर दिर्ने र अन्य सरकारी सेवाहरु लिने सबै सुविधा यसै एपमार्फत उपलब्ध हुने उनले बताए ।  त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्व विद्यालय पनि यस एपमा चाडै जोडिने उनले बताए । “बिना कुनै कागजात ३ महिनामा नै १० हजार जनाले प्यान नम्बर लिए भने अहिले नागरिक एपबाट बैंक खाता खोल्ने व्यवस्था पनि गरिएको छ,” उनले भने ।  

संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा आइटी महाशाखा प्रमुख अनिल दत्तले मन्त्रालयले नागरिक एपलाई डिजिटल नेपालसँगै जोडेर प्राथमिकताको साथ आगाडि बढाइरहेको बताए । उनले नागरिक एपको निर्देशिका पारित हुने क्रममा रहेको र एपको सुरक्षाको लागि अडिट र हरेक सेवा थप्दा सेक्युरिटी परीक्षण गरिरहेको बताए ।

Global Ime bank

डेटा क्लिनको लागि गृह मन्त्रालयमा सिस्टम विकास भएको र त्यसमा सुधारको काम भइरहेको उनले बताए । “भविष्यमा नेसनल आइडी कार्डमा जोड्ने तयारी छ । यसले गर्दा डेटाको समस्या नहुने र प्रमाणिकरण सहज हुनेछ,” उनले भने । आजसम्म ६ लाख २५ हजारले यो एप डाउनलोड गरेको र २ लाख बढिको भेरिफाई भएको उनले दाबी गरे  ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नागरिक एप कार्यान्वयनमा मुख्य तीन कुरामा ध्यान दिनुपर्ने बताए । पहिलो सूचना तथा सञ्चार प्रविधिको पूर्वाधार ग्रामिण भेगसम्म पुग्नु पर्नेमा उनको जोड छ । इन्टरनेट र स्मार्टफोन भएकालाई मात्र नभएर पहुँच नभएकालाई पनि सेवा दिनुपर्ने उनको धारणा थियो । दोस्रो, नागरिक एप र अन्य सेवासँगै डिजिटल साक्षरतालाई अगाडि बढाउनुपर्नेमा जोड उनले दिए । यसका लागि क्यान महासंघले सहकार्य गर्न तयार रहेको र सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्नु पर्ने बताए । उनले दक्ष जनशक्तीको आवश्यकतालाई औल्याए । सरकारी कर्मचारी प्रविधिमैत्री हुन नसकेको भन्दै त्यस तर्फ पनि ध्यान उनले सुझाव दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC