site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले विवाद संवादतिर
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैशाख २७ को मिति नजिकिँदै गर्दा एमालेभित्र सघन बन्दै गएको विवाद संवादतिर फर्किएको छ । नेकपा एमालेका नेता अर्थमन्त्री विष्णु पौडेल, नेता सुरेन्द्र पाण्डे र गोकर्ण विष्टबीच बिहीबार अपराह्न साढे चार बजे नक्सालको मेरियट होटलमा वार्ता, छलफल भएको हो ।

चैत ९ गते ४ जना नेतालाई स्पष्टीकरण पत्र थमाएका प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १६ गते माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरेका थिए । त्यसको तीन दिनपछि घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई उस्तै प्रकृतिको कारबाही गरिएको थियो ।

त्यसयता एमालेका दुई ध्रुव बनेका प्रधानमन्त्री ओली र माधवकुमार नेपाल समूहबीच सार्थक संवाद हुन सकेको थिएन । नेता नेपाल समूहले समानान्तर गतिविधिलाई व्यापकता दिँदै आएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओली सांसदहरू समेतलाई स्पष्टीकरणको पत्र थमाएर वरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाल समूहबीच अझै निर्मम बन्ने संकेत देखाइरहेका थिए ।

तर, प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिने निचोडमा पुगेसँगै उत्कर्षतिर अभिमुख भएको एमाले विवाद संवादतिर फर्किएको नेताहरूले बताएका छन् ।

Global Ime bank

नेता पाण्डेले आज (बिहीबार) बाट छलफलको आरम्भ भएको जानकारी दिए । “विष्णु पौडेलले आज ४ बजे भेटौँ भन्नु भएको थियो । म र गोकर्ण विष्ट छलफलका लागि गएका थियौँ । कुराकानीमा कुनै ठोस प्रस्ताव अघि त सारिएन तर सकारात्मक थालनी भएको छ,” उनले यति मात्रै भएन ।

ओली समूहले पनि छलफल सकारात्मक भएको बताएको  छ । बाहिर प्रचार गरिएजस्तो खनाल–नेपाल समूह सामूहिक राजीनामाका निम्ति अग्रसर नहुने बरु मिलन विन्दुको खोजी गरिरहेकाले संवादले त्यसलाई बाटो देखाउन सक्ने उनीहरूको बुझाइ छ ।

बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र नेता नेपालबीच शीतल निवासमा भेटवार्ता भएको छ । पार्टीभित्रको विवाद उत्कर्षतिर अघि बढ्दा यसअघि पनि राष्ट्रपति भण्डारीले नेताहरूलाई बोलाएर छलफल गर्ने गरेकी थिइन् ।

एमालेभित्रको विवाद निर्णायक मोडमा पुगेका बेला र सदनमा मतमार्फत् अभिव्यक्त हुनै आँट्दा पुनः राष्ट्रपतिले सक्रियता देखाएकी छिन् । यसले पनि एमालेभित्रको विवाद साँघुरिन मद्दत पुग्ने नेताहरूले विश्वास व्यक्त गरेका छन् ।

आजै स्थायी कमिटी बैठकमा नेता नेपाल समूहमाथिको कारबाही रोक्नेबारे छलफल भएको नेताहरूले बताएका छन् । स्पष्टीकरण सोधिएका ३० नै जनाको जवाफ आइसकेकाले उनीहरूलाई थप कारबाही हुन्छ कि भन्ने आशंका गरिएको थियो । उनीहरूलाई थप कारबाही गर्ने अख्तियारी स्थायी कमिटीलाई वैशाख १० गतेको केन्द्रीय कमिटी बैठकले दिएको पनि थियो ।

तर, आज कारबाही फिर्ताबारे विषय उठे पनि कुनै निर्णय नभएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । “बैठकमा विषय त आउने नै भयो । तर, कुनै निर्णय भएको छैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  २१:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC