देश
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितको उपचारमा सरकाले तोकेकोभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने भएको छ ।
मन्त्रालयले महामारीको समयमा केही अस्पतालहरूले असहयोग गर्ने र बिरामीलाई अनावश्यक दुख दिने, समस्या बढाउनेजस्ता कार्य गरेको गुनासो आएको र त्यसमा गम्भीर ध्यानकर्षण भएको भन्दै कारबाहीको चेतावनी दिएको हो ।
कुनै अस्पतालमा यस्ता गतिविधी भएको पाइएमा स्थानीय प्रशासन तथा मन्त्रालयको हटलाइन नम्बरमा फोन गरी उजुरी गर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८ १७:४९
प्रतिक्रिया दिनुहोस्