site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
फासीवादी ओली सरकारसँग अरू के अपेक्षा गर्नु !
SkywellSkywell

काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेशका आफूनिकट प्रमुखहरू हटाइएपछि नेकपा माओवादी केन्द्र क्षुब्ध बनेको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मौजुदा सरकार फासीवादी दिशामा अघि बढेको बताएका छन् ।

Dabur Nepal
NIC Asia

निरन्तर निरंकुशताको बाटो हिँडिरहेको ओली सरकारसँग योबाहेक अरू अपेक्षा गर्न नसकिने उनको निष्कर्ष छ । बाह्रखरीसँग संक्षिप्त कुराकानी गर्दै श्रेष्ठले भने, “फासिस्ट दिशातिर, निरंकुश दिशातिर योजनाबद्धरूपमा अघि बढिरहेको सरकार, सरकारलाई सहयोग गर्ने राष्ट्राध्यक्षबाट अरू के अपेक्षा गर्न सकिन्छ र ! संविधान, लोकतान्त्रिक मूल्य मान्यता, कानुन सबैलाई ध्वस्त बनाइराखिएको छ ।”

ओली सरकार संविधान र कानुनको आधारमा नचल्ने हुनाले उनका गतिविधि टिप्पणी गर्न पनि लायक नरहेको उनको आसय थियो ।  “सरकार निरन्तर रूपमा संविधान, कानुन ध्वस्त पार्न लागेको छ । फासीवादलाई बलियो बनाउन केके गर्न सकिन्छ गर्दै गएको छ । यो अत्यन्तै क्रूर, निरंकुश निर्णय हो,” उनको आक्रोश थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशका प्रमुख सर्मिला पन्त त्रिपाठी र गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । सरकारको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिसकेकी छन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रखुमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगा यादव सिफारिस गरिसकेको छ । दुवै एमालेनिकट हुन् । उनीहरूलाई केहीबेरमा शपथ गराउने तयारी रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu