site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
इसेवा एकाउन्टमा बैंक खाता सिधै लिङ्क गर्न सकिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिङ्क गर्न सक्ने भएका छन् । यो सँगै आफुले चाहेको बैंक खातामा इसेवा खाता लिङ्क गरी अझ सहज ढंगले इसेवा खातामा रकम लोड गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उद्देश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए । “इसेवा जहिले पनि आफ्ना प्रयोगकर्तालाई नविनतम सेवा दिनका लागि अग्रसर छ । नयाँ सेवाका साथै प्रयोगकर्तालाई रकम लोड गर्नका लागि अझ सहज होस् भन्ने कुरालाई ध्यानमा राख्दै यो सेवाको सुरूवात गरेका हौं,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

एकाउन्ट लिङ्क सेवा प्रयोग गर्नका लागि इसेवा प्रयोगकर्ताको इसेवा एकाउन्ट प्रमाणित भएको हुनुपर्नेछ । साथै यो सेवा लिनका लागि इसेवा प्रयोगकर्तासँग एकाउन्ट लिङ्क गर्ने बैंकको मोबाईल बैंकिङ लिएको हुनुपर्नेछ भने इसेवामा भएको मोबाइल नम्बर र बैंकमा रहेको मोबाईल नम्बर पनि एउटै हुनुपर्ने जनाइएको छ ।

यदि इसेवामा रहेको नम्बर र बैंकमा रहेको मोबाईल नम्बर एउटै नभएको अवस्थामा बैंकमा भएको मोबाइल नम्बरलाई इसेवा एकाउन्टमा सेकेन्डरी आइडीका रूपमा राख्न सकिने जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement