काठमाडौं । मारुती सिमेन्ट नेपाल गुणस्तर विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै सर्वशक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालको पहिलो कम्पनी बन्न सफल भएको छ ।
यसभन्दा अघि नै ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको यो कम्पनी दुवै ५३ र ४३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालको पहिलो कम्पनी बन्न सफल भएको छ ।
जसले गर्दा अब यो नेपालकै सर्वाधिक विश्वसनीय ब्रान्डको रुपमा स्थापित भएको छ । यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता महानुभावहरु, कनट्रयाक्टरहरु, इन्जिनियरहरु, शुभ(चिन्तकहरु तथा मारुती सिमेन्टसँग आबद्द सम्पूर्ण सहकर्मीहरुलाइ दिन चाहेको कम्पनीका ब्रान्ड एन्ड मार्केटिङ प्रमुख राजु श्रेष्ठले जानकारी दिए ।