site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘फेक मास्क’ लगाएर प्य्रांक गरेपछि युटुबरहरुमाथि कारबाही
Sarbottam CementSarbottam Cement

जकार्ता । कोरोना सम्बन्धी स्थानीय नियमको उल्लंघन गर्दै ‘फेक मास्क’ लगाएको प्य्रांक गर्ने दुईजना युटुबरहरुलाई इन्डोनेशियाको बालीमा कारबाही हुने भएको छ । 

त्यही प्रयांक भिडियोका कारण अहिले स्थानीय सरकारले जोश पेलेर लिन र लेइआ सेको  पासपोर्ट जफत गरेको छ र अब उनीहरुलाई इन्डोनेशियाबाट आफ्नै देश फिर्ता पठाउनेबारे समेत निर्णय भइरहेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भिडियोमा पहिले लेइआलाई मास्क नलगाएका कारण एउटा स्टोर भित्र प्रवेश गर्न दिइँदैन । यसपछि उनले आफ्नो अनुहारमा पेन्ट गरि फेक मास्क बनाएर फेरि त्यही स्टोरमा जाँदा उनलाई त्यहाँ भित्र छिर्न दिइन्छ । अप्रिल २२ मा राखिएको सो भिडियो केही बेरमै भाइरल बनेको थियो । युट्युबमा लिनका ३४ लाख सस्क्राइबरहरु छन् । 

इन्डोनेशियाका धेरै ठाउँमा हाल मास्क लगाउन अनिवार्य गरिएको छ । र पहिलोपटक गलती गरेकाहरुलाई जरिवाना तोकिएको छ भने विदेशीहरुलाई चाहिँ तिनको देश फिर्ता पठाइने समेत नियम रहेको छ । यसमा लिन र सेको यो पहिलो नियम उल्लंघन भएपनि उनीहरुको प्रयांक भिडियो सामाजिक संजालमा अधिक चर्चामा आएपछि त्यसले बालीको आधिकारिक निकायको समेत ध्यानाकर्षण गराएको हो । यसपछि उनीहरु दुवैको पासपोर्ट जफत गरिएको छ । लिन ताइवानकी हुन् र अमेरिकामा बस्छिन् भने से चाहिँ रुसी नागरिक भएको प्रहरीको बयानमा बताइएको छ । 

Global Ime bank

यस्तोमा अहिले उनीहरुलाई फिर्ता पठाउनेबारे निकायहरुले निर्णय लिइरहेको बालीस्थित मानव अधिकार तथा कानुन मन्त्रालयका प्रवक्ताले बताए । 

यस घटनापछि लिनले सो भिडियो आफ्नो युट्युब च्यानलबाट हटाएकी छन् र इस्टाग्राममा अर्को भिडियो राख्दै माफी मागेकी हुन् । भिडियोको उद्देश्य कानुनको अपमान गर्नु या मास्क नलगाउन प्रोत्साहन गर्नु नभएको र केबल मनोरञ्जनका लागि मात्र गरिएको उनले स्पष्टिकरण दिएकी छन् । आफू युट्युबमा ‘कन्टेन्ट निर्माता’ भएकाले आफ्नो काम नै मानिसहरुलाई मनोरञ्जन गराउनु रहेको उनले बताइन् । यसो भनिरहँदा भिडियोमा दुवैले मास्क लगाउँदै माफीका लागि अपील गरेका हुन् ।  

यसअघि पनि इन्डोनेशियाका मास्क नलागाउने विदेशीहरुलाई अनौठो सजायँ दिएको खबर चर्चामा आएको थियो । अष्ट्रेलियन न्युज च्यानलमा प्रशारण गरिए अनुसार मास्क लगाउन अल्छि गर्ने पर्यटकलाई प्रहरीले ‘पुश–अप्स’ र उठबस लगायत गर्न लगाएका थिए । सीएनएन 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ०२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC