खेल
काठमाडौं । धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा एफसी चितवनलाई ३–० ले पराजित गर्दै धनगढी शीर्ष स्थानमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ६४औँ मिनेटमा निशान लिम्बूले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । ६९औँ मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २–० को अग्रता दिलाए । खेलको ८०औँ मिनेटमा बुद्ध बल तामाङले गोल गर्दै धनगढीलाई ३–० ले जिताए । धनगढीका निशान लिम्बू ‘प्लेयर अफ दी म्याच’ चुनिए ।
जितसँगै धनगढीले ४ खेलबाट ७ अंक जोडेको छ । चितवनको यो पहिलो हार हो । चितवनले ३ खेलबाट २ अंक जोडेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८ १७:३१
प्रतिक्रिया दिनुहोस्